• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

रवि लामिछानेद्वारा मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर, १५१ रुपैयाँ क्षतिपूर्ति माग



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् । आज (मंगलबार)सभापति लामिछानेले वारेसमार्फत कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दायर गरेका हुन् ।

लामिछानेले अधिवक्ता अफताब आलमलाईलाई वारेस राखेर मुद्दा दायर गरेका छन् । मुद्दामा कान्तिपुर पब्लिकेसन, अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई विपक्षी बनाइएको छ ।

कान्तिपुरमाथि झुठो र कपोलकल्पित समाचार प्रकाशन गरी सामाजिक, व्यवसायिक, राजनैतिक र पेशागत जीवन समाप्त पार्न खोजेको आरोप लगाइएको छ । कान्तिपुरले कुनियत राखेर चरित्र हत्या गरेको तथा मानमर्दन गरेको फिरादमा उल्लेख छ ।

प्रतिवादीहरुबाट सांकेतिक रूपमा क्षतिपूर्ति एक सय ५१ माग दाबी भएको छ ।

‘मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।’ लामिछानेले फेसबुकमा भनेका छन् । ‘म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु । सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो ।’