२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनामा प्रधानमन्त्रीले देखेको खतरा !



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना सामान्य नभएर असामान्य भएको बताएका छन् । उनले सो घटना बाहिर देखिएजस्तो नभएको र चिज गम्भीर र असामान्य भएको आशंका गरेका छन् ।

उनले सोमबार राजधानीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा भने, चिज बेग्लै छ, यो घटना बाहिर देखिएजस्तो सामान्य छैन । भवितव्य मात्र पनि होइन । उनले सो कार्यक्रममा भनेका थिए ‘केही चिज गम्भीर लागेको छ । यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ र ईपीएसमा जे जस्ता गतिविधि भएका छन् ती सामान्य मात्र छैनन् । गाडी जलाउने गतिविधिमा मात्र चिज सीमित छैन ।

प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका व्यक्त गर्दै भने, ‘त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुन सक्छ तर यसबारे कुनै प्रमाण भेटाइ सकिएको अवस्था भने छैन । त्यसैले यसको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग बनाइएको पनि उनले खुलासा गरे ।

के प्रधानमन्त्रीले आशंका गरेजस्तै हो त बालकुमारी घटना ? हिजोको संसदको राज्य व्यवस्था समितिको बैठकमा आएका कतिपय विरोधाभासपूर्ण भनाई र सूचनाबाट पनि यो घटना सामान्य रुपमा मन्त्रीको गाडी जलाएपछि उत्पन्न भएको हो भन्न सकिँदैन । किनभने आन्दोलन गरिरहेको भिडभाडमा मन्त्री जानु र मन्त्रीका सुरक्षा गार्डले यसबारेमा कुनै रिपोर्टिङ प्रहरी सेलमा नगर्नु पनि शंकास्पद देखिन्छ ।

हिजोको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री किन आन्दोलनमा गएको ? सुरक्षाकर्मीले किन सूचना नदिएको जस्ता कैयौँ प्रश्न गरे । उनले मन्त्री गएकाले नै त्यो दुर्घटना भएको ठोकुवा पनि गरे । उनकै सूचनासँग मिल्दोजुल्दो सूचना दिए प्रहरी महानिरीक्षक वशन्त कुँवरले पनि । अझ उनले त गोली कतिबेला चल्यो भन्ने कुरा अनुसन्धान हुनै बाँकी रहेको बताए ।

संसदीय समितिमा महानिरीक्षक कुँवरले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्नु अगावै पनि गोली चलेको हुनसक्ने खुलासा समेत गरे । मन्त्रीको गाडी जलाउने तयारी भयो, मन्त्री घेराबन्दीमा छन् भनेपछि गोली चलाउन प्रहरी बाध्य भएको उनको भनाई थियो । तर अहिले बजारमा आएको सूचना चाहिँ गाडी जलाएपछि पनि हुलहुज्जत बढेकाले गोली चलाउनुपरेको भन्ने छ ।

हिजो नै मन्त्री ज्वालाले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा फेरि अर्कै सूचना दिएका छन् । आफूमाथि गृहमन्त्री र महानिरीक्षक खनिएको भन्दै उनले जहाँ गाडी जलाइएको छ त्यहाँ गोली नचलेको र जहाँ गोली हानेर मान्छे ढालिएको छ त्यहाँ पछि आन्दोलन पनि नभएको भनेका छन् । उनको यो भनाईबाट पनि उक्त घटनाका प्रति थप शंका पैदा गर्ने आधारहरु भेटिन्छन् । जेहोस, प्रधानमन्त्री दाहालले यो घटनामा प्रजातन्त्र मास्ने षड्यन्त्र देखेका छन् । उनको आशंका छ बाहिर देखिने जति मात्र यो होइन, भित्र अर्कै षड्यन्त्र छ ।