७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीबाट हिमाल आरोहि टोलीलाई राष्ट्रिय झन्डासहित विदाइ



अ+ अ-

काठमाडौ  । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झन्डासहित विदाइ गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डा हस्तान्तरण गर्दै उहाँले सफलतापुर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । यसका साथै आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिनुभयो । 
सन् २००३ देखि हिमाल आरोहण सुरु गर्नुभएकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।

यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसक्नु भएको छ ।  शेर्पाले यसअघि तीन पटक सर्वोच्च शिखर सगरमाथाको सफल  आरोहण गर्नुभएको छ ।