२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटना : यी दुई मन्त्री पनि छानबिनको दायरामा



अ+ अ-

काठमाडौँ । गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको आगजनी र गोलीकाण्डमा दुई जनामन्त्री अनुसन्धानका दायरमा परेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र श्रम मन्त्री शरतसिंह भण्डारी यो अनुसन्धानको दायारमा परेका हुन् । उनीहरुका क्रियाकलाप संकास्पद देखिएकाले उनीहरुको सो दुर्घटनामा रहेको भूमिकाको अनुसन्धान गर्न हिजो मात्र संसदको राज्य व्यवस्था समितिको बैठकले सरकारलाई आदेश गरेको छ । मन्त्री ज्वालामाथि भिडभाड भएको बेला त्यो बाटोबाट मन्त्रीजी किन आउनुभयो होला भनेर गृहमन्त्रीले नै हिजोको संसदीय समितिको बैठकमा प्रश्न गरेका थिए ।

आर्मीको सेक्युरिटी गाइड र प्रहरीका पिएसओ साथमा राखेर मन्त्रीजी किन त्यहाँ गएको होला ? उनले प्रश्न गरको थिए । उता मन्त्रीजी घेराबन्दी भएको छ र गाडी जलाइएको छ भनेपछि गोली प्रहार गरेको देखिएको उनको भनाई छ । मन्त्रीको सवारीका क्रममा नियन्त्रणमा लिन नसकिएको पाइएको गोली चलाउन बाध्य भएको प्रहरी महानिरीक्षक वशन्त बहादुर कुँवरले भनेका छन् । उनले भने- मास क्लियिर गर्दै जाने क्रममा प्रहरीले गोली चलाएको छ । जहाँ गाडी जलाइयो त्यो ठाउँमा गोली चलेको पनि छैन र त्यहाँ भिडभाड पनि छैन, यस्तोमा किन हामीलाई मुछ्ने? मन्त्री प्रकाश ज्वालाले जनाएका छन् ।

यसका लागि सरकारले उच्चस्तरीय छानबीन आयोग गठन गरेको छ । उता श्रममन्त्रीको पनि इपिएस प्रणालीलाई अबरुद्ध किन पारेको हो भनेर अनुसन्धान गर्नुपर्ने पनि संसदीय समितिले जनाएको छ । कोरिया सरकारले परीक्षा लिएर कामदार लैजान तयार रहेको भए पनि यता श्रम मन्त्रालयले भने अनावश्यक बखेडा झिकेर इपिएस परीक्षा प्रणाली नै अवरु पारेको र त्यसमा श्रममन्त्री शरतसिंह भण्डारी प्रत्यक्ष रुपमा संलग्न रहेको भन्दै उनको भूमिकाको पनि अनुसन्धान गर्न संसदीय समितिले सरकारलाई भनेको छ ।