७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पष्टीकरण सोध्ने निर्णय निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक : भीम रावल



अ+ अ-

काठमाडौ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्पष्टीकरण सोध्ने  निर्णय निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक भएको टिप्पणी गर्नुभएको छ ।

सनिबार मात्र एमाले केन्द्रीय समितिको बैठकले पार्टीको निर्देशन विपरित राष्ट्रिय भेला आयोजना गरि सक्रिय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसंग स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।  

स्पष्टीकरण सोध्ने निर्णय आए लगत्तै ट्विट गर्दै नेता रावलले  बरु प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण दिनुपर्ने तर्क गर्नुभएको छ  । उहाँले लेख्नु भएको छ –केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अबैध छ।यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो ।