• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

मेलम्चीको पानी युद्धस्तरमा काठमाडौंवासीलाई वितरण गरियोस्ः पूर्वप्रधानमन्त्री खनाल



काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौंवासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

सोमवार काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा मेलम्चीको पानी काठमाडौं उपत्यका छिटो वितरणको माग गर्दै लिमिटेडलाई ज्ञापन पत्र बुझाउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंमा पानीको संकट दिनानुदिन बढेर गइरहेको बताउनु भयो । उहाँले सरकारले पानीको आपूर्ति बिस्तार गर्न नसक्दा समस्या झनै बढेर गएको जिकिर गर्नुभयो । उहाँले पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लिइ चाँडो भन्दा चाँडो मेलम्चीको पानी वितरण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौंमा पानीको संकट दिनानुदिन बढेर गइरहेको छ । एकातिर जनसंखया बढीरहेको छ, बस्ती बिस्तार भइरहेको छ तर पानीको सप्लाई गर्ने क्षमतालाई सरकारले पूरा गर्न सकिरहेको छैन । मेलम्चीको कथाहरु तीन दशकअघिदेखि सुन्दै आइरहेका छौँ । तर अहिलेसम्म पूरा हुन नसक्नु देशको लज्जाको विषय हो ।

अहिलेसम्म पनि पूरा नहुँदा काठमाडौंमा पानीको हाहाकार भइरहेको छ । पानी मान्छेको जीवन हो । पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लिनुपर्छ, युद्धस्तरमा काम गर्नुपर्छ । केयुकेएलबाट सप्लाइ भइरहेको पानीले हाम्रो आवश्यकता परिपूर्ति भइरहेको छैन । चाँडो भन्दा चाँडो मेलम्चीको पानी यसमा जोड्नुपर्ने हुन्छ । यो पुरानो सिस्टम थोत्रो भएको नयाँ सिस्टम बनाइएको छ, जोडिएको छैन, जोडियोस् । मेलम्चीको पानी चाँडो भन्दा चाँडो युद्धस्तरमा काम गरेर सरकारले जनतालाई खानेपानीको बन्दोबस्त गर्न सक्नुपर्छ । त्यसो गर्न नसकिए काठमाडौं बिष्फोट हुनसक्ने अवस्था छ । मान्छेले आफ्नो जीवन बचाउन नपाए जे पनि गर्नसक्छ, यो कुरा सरकारले बुझोस् । यो चेतावनी र आग्रह हो ।’

पूर्वप्रधानमन्त्री खनालले मान्छेले आफ्नो जीवन बचाउन नपाए जे गर्न पनि बाध्य हुने अवस्थालाई सरकारले बुझ्न जरुरी रहेको बताउनु भयो ।