२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखरको प्रश्न- हामी देउवाको इसारमा हिँड्ने, तर उहाँ कसको इसारामा ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा कस्को ईसारमा हिड्नु भएको हो भन्दै प्रश्न गर्नुभएको छ ।

प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भन्नुभयो- हामीहरूको सर्वेसर्वा त सभापति शेरबहादुर देउवा हो । हामी उहाँकै इसारमा हिँड्ने हो । तर, उहाँ कसको इसारमा हिँड्ने हेर्नुहोस् त ?

उहाँले मुलुकमा अब कांग्रेस नेतृत्वको सरकार आवश्यक भैसकेको बताउनु भयो । उहाँले प्रचण्डले नेतृत्व गरेको सरकारले काम गर्न नसकेको भन्दै तत्काल परिवर्तन गर्नुपर्नै समेत बताउनु भयो ।

उहाँले भन्नुभयो ‘अहिलेजसरी पार्टी चले संकट पैदा हुने पनि खतरा रहेको बताउनु भयो । उहाँले भन्नुभयो ,‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौं भन्ने डर छ । बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नुहुन्थ्यो । त्यो तीवटा कुरालाई लिएर कांग्रेस अघि बढ्यो भने समाप्त हुँदैन । तर, अहिले हामी जसरी जाँदैछौं केन्द्रीय समिति भनौं या वडा समिति तपाईंहरू कसरी लिनुहुन्छ थाहा छैन म चाहिँ भद्दा कमिटी भन्छु ।’