७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

होली पर्व सुरु (भिडियो सहित)



अ+ अ-

काठमाडौं । आज (आईतबार)बाट देशभर होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित होली पर्व विधिवत रुपमा सुरु भएको छ । चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली यस वर्ष पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइने भएको छ ।

वसन्तपुरमा बिहान ८ः २६ मा तीन छत्रे होलीको चीर ठड्याइएको छ । पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपतिनाथमा मयलको हाँगा चढाउने चलन छ ।

बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरा चीर ठड्याउने गरिन्छ । होली एकअर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाउँदै मनाईन्छ । रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।