२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको छ: अध्यक्ष केसी



file photo
अ+ अ-

काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालकुमारी घटनालाई सामान्य रुपमा लिन नहुने जिकिर गर्नुभयो । उहाँले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरु राज्यका बिरुद्ध आक्रोशमा आउनु ठूलो घटना भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन घटना भएको छ, यसलाई हामीले फुटकर रुपमा लिएर छलफल गरिरहेका छौँ । मुलकुरा के हो भने हामीले गणतन्त्र, लोकतन्त्र ल्यायौँ, देशलाई औद्योगिकरण गर्न सकेनौँ । त्यस कारणले रोजगारीका लागि लाखौँलाख नेपाली युवाहरु विदेश जानपर्‍यो । यहाँनेर कुन चाहीँ अफिसिरले, कुन चाहीँ मन्त्रीले गल्ती गर्‍यो भन्दा पनि हामीले जुन लोकतन्त्र र गणतन्त्र ल्यायौँ । नेपाली जनताले ठूलो आश गरेका थिए । अब अहिले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरु राज्यका बिरुद्ध आक्रोशमा आउनु यो ठूलो घटना हो । त्यसकारणले यसबाट हामीले के बुझ्नुपर्छ भने यो स्थितिमा हामीले फेरबदल गर्न सकेनौँ भने राष्ट्रको अस्तित्वकै प्रश्न छ । हामीले जुन बहुदलीय व्यवस्था ल्याएर राज्य सञ्चालन गरिरहेका छौँ, किन हामीले औद्योगिकरण गर्न सकेनौँ, किन युवालाई रोजगारी दिन सकेनौँ, किन यति धेरै युवाहरु विदेशीरहेका छन्, त्यहाँनेर हेर्नुपर्छ । युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुनसक्छ है ।’

सांसद केसीले लोकतन्त्र र गणतन्त्र ल्याएर जनतालाई के दियौँ भन्नेबारेमा समिक्षा गर्न जरुरी रहेको बताउनु भयो ।