२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेको बालसुधार गृहमा फेरि तनाव, स्थिति नियन्त्रणमा लिने प्रयास



अ+ अ-

काठमाडौं । बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ जयेन्दु बाल सुधार गृहमा हिजोदेखि सुरु भएको तनाव रोकिएको छैन ।

प्रहरीले स्थिति तनावपूर्ण भएपछि नियन्त्रणमा लिने प्रयास जारी राखेको जनाएको छ । सो बालगृहमा हिजो दिउँसोदेखि नै तोडफोड र आपसमा झडपहरु भएका थिए । बालसुधार गृहमा राखिएका युवाहरु आफू–आफूमै लड्ने र सुधारगृह तोडफोड गर्ने गर्न थालेपछि प्रहरी खटाइएको छ । उनीहरुलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको तर तोडफोड र तनाव जारी नै रहेको प्रहरीले जनाएको छ ।

सो घटनामा परेर केही व्यक्ति घाइते पनि भएका छन् । उनीहरुले कसैलाई पनि सुधारगृह भित्र प्रवेश गर्न नदिएकाले भित्रको अवस्था विस्तृतमा थाहा हुन सकेको छैन । सिभिलमा खटिएका प्रहरी बाल सुधार गृहको भित्र पसेर स्थिति नियन्त्रणमा लिन खोजेका तर पनि नसकेपछि आज बिहान नेपालगञ्जबाट थप प्रहरी टोली गएको छ ।

प्रहरीलाई सुधार गृहमा बल प्रयोग गर्ने अधिकार नभएकाले स्थिति नियन्त्रणमा आउन नसकेको एक अधिकारीले जनाएका छन् ।