२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा पहिले न्यूजिल्याण्डमा मनाइयो नयाँ वर्ष – २०२४



अ+ अ-

एजेन्सी । संसारभर नयाँ वर्ष (२०२४) को उत्सव मनाइएको छ । नयाँ वर्ष सबैभन्दा पहिले न्यूजिल्याण्डमा मनाइएको छ । नेपाल र न्युजिल्यान्डबीच समयको अन्तर करिब ७ः४५ घण्टा छ ।

जसका कारण न्यूजिल्याण्डमा ३१ डिसेम्बरमा नेपाली समय अनुसार साँझ ४ः४५ बजे नयाँ वर्षको स्वागत गरिएको थियो ।

त्यसपछि अस्ट्रेलिया, जापान, कोरिया र चीनमा नयाँ वर्षलाई स्वागत गरिएको थियो ।

जनवरीमा नयाँ वर्ष मनाइन्छ ?
यसको पछाडिको कारण रोमन साम्राज्यका तानाशाह जुलियस सीजरलाई मानिन्छ । भ्रष्ट नेताहरुलाई पाठ सिकाउन सिजरले २०६६ साल अगाडि क्यालेन्डरमा परिवर्तन गरेका थिए । त्यसपछि जनवरी १ मा सारा विश्वले नयाँ वर्ष मनाउन थाल्यो ।

नयाँ वर्ष मनाउने सबैभन्दा प्रारम्भिक प्रमाण पुरातन मेसोपोटामियामा २००० ईसा पूर्वको हो । उत्सव ११ दिन सम्म चलेको थियो। चीनमा पनि ३५०० वर्षअघिदेखि नयाँ वर्ष मनाइँदै आएको छ । बेलायतले १७५२ मा ग्रेगोरियन क्यालेन्डरलाई अपनायो ।