१२ बैशाख २०८२, शुक्रबार
April 25, 2025 Friday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.61

Wind: 1.03

Humidity: 33

Latest
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्र एमाले महासचिव पोखरेलको आह्वान– अदालतको आदेशअनुसार शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाऔं लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु फौजदारी कानुन संशोधनको तयारीप्रति विरोध गर्दै राप्रपा नेपालले १५ गते प्रदर्शन गर्ने आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने १९ गते नीति तथा कार्यक्रम र २८ गतेदेखि प्रिबजेट छलफल बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो । शिविरमा २०० भन्दा बढि महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गर्नुभएको छ ।

यही पौष १७ गते मंगलबारदेखि ग्लोबल आइएमई बैंक १७ औँ वर्ष पुरा गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने नि:शुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु नि:शुल्क रुपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।