२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा रास्वपाको प्रदर्शन, सरकारको जन विरोधी हर्कतको विरोध



अ+ अ-

रुपन्देही । बालकुमारी घटनामा दुई जना युवाको मृत्यु भएको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीले शान्तिपूर्ण प्रर्दशन गर्दै कडा विरोध जनाएको छ। देशमा युवाहरुको लागि उचित वातावरण तयार गर्नु पर्नेमा सरकार झन क्रुर रुपमा प्रस्तुत हुदै गएको रास्वपा रुपन्देहीको आरोप छ।

रास्वपा रुपन्देहीले आईतवार दिउसो बुटवल र भैरहवा सहरहरुमा छुट्टाछुट्टै विरोध कार्यक्रमहरुको आयोजना गर्दै बालकुमारी घटनामा सरकारले अराजक एवं फासिवादी रवैया प्रकट गरेको विरोध प्रर्दशनमा सहभागीहरुको आरोप छ। सरकार उत्तरदायी भएर नागरिकका पिर मर्का र अप्ठ्याराहरु महसुस गरी सम्वोधन गर्नु पर्नेमा सरकार आफै अत्यन्त गैरजिम्मेवार र निर्लज्ज रुपमा प्रस्तुत हुदैं गएको उनीहरुको आरोप छ।

शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी रास्वपा केन्द्रीय सदस्य कुसुम महर्जनले जनतावाट टाढिदै गएको प्रचण्ड सरकारले नागरिक माथि अत्याचार बढाएको र यसको परिणाम भयावह हुने चेतावनी दिनुभयो। यस्तै गरी, न्युज पोलरसँग सक्षिप्त धारणा राख्दै रास्वपा लुम्बिनी प्रदेश समिति सदस्य एवं रुपन्देही जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले युवाहरुको आवश्यकता, चाहना र मागलाई सम्वोधन नगरे सम्म कुनै पनि मुलुक बन्न नसक्ने यर्थाथता भए पनि वर्तमान सरकार उल्टो वाटोमा निर्लज्जतापूर्वक हिडिरहेको आरोप लगाँउदैं यो गठवन्धन जनताको नजरमा पूर्ण असफल भईसकेको ठोकुवा गर्नुभयो।

विरोध प्रर्दशनमा रास्वपा सदस्यहरुले प्लेकार्ड बोकेर “जवाफ दे सरकार, जनता मार्न पाईदैन्, बेरोजगारीलाई रोजगार दे” लगाएतका दर्जनौ नाराहरु लगाएका थिए।

ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागि दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि सरकार विरुद्ध देश भर प्रर्दशनहरु भईरहेका छन्।