२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय आयोग बनाएर बालकुमारी घटना छानबिन गर्ने गठबन्धनमा सहमति



अ+ अ-

काठमाडौं । बालकुमारी घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गर्ने भएको छ ।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दुईजना युवाको मृत्यु हुने गरी भएको घटनालगायतका विषयमा छानबिन गर्न उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो ।

घटनाको छानबिनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने गर्नेसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।

यसअघि गृहमन्त्रालयले नेपाल प्रहरीका डीआईजीपीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर उक्त छानबिन समितिप्रति मृतकका परिवारले असन्तुष्टि जनाउँदै शव नबुझ्ने अडान राख्दै आएका छन् ।

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।