११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

गुफाभित्रबाट देखिने झरना पर्यटकको आकर्षण

गुफाभित्रबाट देखिने झरना पर्यटकको आकर्षण
अ अ+ अ-

गण्डकी । ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल (पातले छाँगो) को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ ।

जमिनको सतहबाट एकसय मिटर पानीका थोपाले स्नान गर्दै ओरालो झरेपछि गुफाभित्र फराकिलो स्थानमा प्राकृतिक शिलामा महादेवको आकृतिको दर्शन गर्न पाइन्छ । शिव भगवानलाई दाहिने पार्दै सानो प्वालबाट निहुरिएर एक सय मिटरको दुरीभित्र पुगेपछि त्यहाँ फराकिलो ठाउँ छ ।

पत्रैपत्रा परेका चट्टानमा विभिन्न देवदेवीका आकृति देखिनुका साथै सिद्धार्थराजमार्गको प्राकृतिक पुलमुनीबाट उभिएर देखिने डेभिजफल (पातले छाँगो) सँगै तलाउको दृश्यले यहाँ आउने पर्यटकलाई आनन्दित बनाउने गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिनुभयो । अध्यक्ष बाँस्तोलाले भन्नुभयो, “फोहर र सिस्नो पन्छाएर सानो प्वालबाट भिरालो स्थान अध्यारोमा मैनबत्ती र इमर्जेन्सी लाइटको सहाराले गुफा प्रवेश गरेका थियौँ । अहिले ३० वर्ष पुगेछ ।”

उहाँले पछिल्लोसमय रेलिङबारसहित सिँढि भएको बाटोको व्यवस्थाले पर्यटकलाई आवतजावतमा सहज हुनुका साथै सुरक्षामासमेत ध्यान दिइएको उहाँले बताउनुभयो । गुफाभित्र अवस्थित शिवको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ दर्शणार्थी पटकपटक यहाँ आउने गरेका बाँस्तोलाको भनाइ थियो ।

गुफा व्यवस्थापन समितिका सचिव हरिप्रसाद लम्सालका अनुसार गुफा अवलोकनमा क्रमिक रुपमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका जनाउँदै विशेष गरी बिदाका दिनमा बढी भिड लाग्ने गरेको बताउनुभयो । उहाँका अनुसार प्रवेशका लागि विदेशी रु एक सय, नेपालीलाई रु ५० र विद्यार्थीलाई रु ३५ को टिकट व्यवस्था गरिएको छ ।

“खोलामा पानीको बहाब बढेसँगै शिव मन्दिरसम्मका लागि मात्र टिकटको व्यवस्था गरेका छौँ”, लम्सालले भन्नुभयो, “सुरक्षाको कारण असारदेखि कात्तिकसम्म पातले छाँगो पुग्नलाई उक्त बाटो बन्द गर्दै आएका छौँ ।” उहाँका अनुसार आर्थिक वर्ष २०७९.८० मा नेपाली पर्यटक दुई लाख ९३ हजार दुई सय ४९, विदेशी दुई लाख ७९ हजार पाँच सय ५० र नेपाली विद्यार्थी एक लाख २५ हजार एक सय ८६ ले गुफाको अवलोकन गर्दा रु चार करोड २८ लाख ५८ हजार चार सय ८० आम्दानी भएको थियो ।

सचिव लम्सालले भन्नुभयो, “गुफाले कामधेनु गाईबाट रु चार लाख ६२ हजार आठ सय ६०, दान पात्रबाट रु २७ लाख ४६ हजार नौ, सहयोग रसिदबाट रु ५१ लख २७ हजार सात सय ५१, सटर क्बलबाट रु आठ लाख ६८ हजार ९५ अवलोकनकर्ताबाट अतिरिक्त आम्दानी गरेको थियो ।”

चालु आवको मङ्सिर मसान्तसम्म ७२ हजार नेपाली, ७६ हजार ९३ विदेशी पर्यटकसहित कूल एक लाख ६८ हजार सात सय ४० ले टिकट काटेर अवलोकन गरेका गुप्तेश्वर महादेव गुफा व्यवस्थापन कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गुफा अवलोकनका लागि आधुनिक बारकोड स्क्यानर गेट राखिएको छ ।

पौडेलले भन्नुभयो, “टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण सङ्कलन गर्न सहज भएको छ । साथै सुरक्षाका दृष्टिकोणले पनि यो प्रविधि प्रभावकारी देखिएको छ ।”

प्राकृतिक स्रोतको आम्दानी शिक्षामा लगानी

प्राकृतिक स्रोतको आम्दानीबाट गुफाको संरक्षण एवम् सौदर्यकरणका साथै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र वेद विज्ञान पाठशाला सञ्चालन हुदैँ आएको छ । क्याम्पसमा विभिन्न विषयमा नौ सय २९ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ७३ प्रतिशत छात्रा रहेका छन् ।

गुफाले खरिद गरेको छ रोपनी जग्गामा २४ कक्षाकोठा, होटल व्यवस्थापन प्रयोगात्मक कक्ष (हल) पाँच, आइटी ल्याब दुई, पुस्तकालय एक, सभाहल दुई, कार्यालय कक्ष ११, शौचालय १६ रहेका गुफा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष युवराज लामिछाने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भवन तिनतल्लाको छ ।

क्याम्पसका लागि गुफाले हालसम्म रु २५ करोड भन्दा बढी लगानी गरेको जनाउँदै लामिछानेले आगामी आवमा पनि क्याम्पस सञ्चालनका लागि रु ७० लाख र वेद विज्ञान गुरुकुल सञ्चालनका लागि रु ३० लाख विनियोजन गरिएको बताउनुभयो । उहाँका अनुसार उक्त गुरुकुलमा एक सय अध्ययनरत छन् । गुफाले पोखरा–१७ र आसपासका वडाका सामुदायिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि रु पाँच लाख छुट्याएको छ । रासस