१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जावलाखेलमा शुरु भयो च्याउ मेला तथा परिकार महोत्सव -तस्बिरहरु



अ+ अ-

ललितपुर । ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव शुरु भएको छ ।

च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आईतवारबाट ललितपुरको जावलाखेल खेलमैदानमा मेला शुरु भएको हो । ‘च्याउ किसानहरूको जागरुपता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नुभयो । मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेका छन् ।