४ मंसिर २०८१, मंगलवार
,
Latest
अनुकूलन कोषको ‘एनआइई’ मा ‘एनटिएनसी’ छनोट, अब अनुकूलन वित्तमा नेपालको सोझै पहुँच चुरे दोहनका कारण जटिल समस्या उत्पन्न हुँदैछ: मन्त्री यादव सेवा प्रवाहका लागि उपकरण र जनशक्ति आवश्यक स् स्वास्थ्यमन्त्री पौडेल डडेल्धुरामा जीप दुर्घटना: दुईको मृत्यु, सात घाइते पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह युक्रेनलाई हतियार दिने बाइडेनको निर्णयपछि पुटिनद्वारा नयाँ रुसी आणविक सिद्धान्तमा हस्ताक्षर उपनिर्वाचन पर्यवेक्षण गर्न नौ संस्थाले पाए अनुमति बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति राजनीतिक नेतृत्वले एकले अर्कालाई झुक्याउने कुरा घातक छः जनार्दन शर्मा बालेनदेखि कुलमानसम्मलाई एमाले नेता बस्नेतले लगाए भ्रष्टाचारीको आरोप, कसको कर्तुत के ? (भिडिओसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको छ: सभामुख



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताउनुभएको छ ।

आईतवार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पाइने च्याउहरुलाई प्रवद्र्धन र बजारीकरण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको जिकिर गर्नुभयो । उहाँले विदेशी च्याउलाई बिस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताउनु भयो । गत १० वर्ष यता सकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातिर गइरहेको बेलामा यो च्याउ उत्पादक संघ स्थापना गरी नेपालमा पाइने च्याउहरुलाई प्रमोसन गर्ने, यो च्याउहरुको महत्वलाई जनताको बीचमा पुर्‍याउने र उत्पादन गर्ने काममा निरन्तर लाग्ने, खट्ने काममा लाग्ने र बिक्री वितरण गर्ने काममा महत्वपूर्ण उपलब्धि प्राप्त भएर आइरहेको छ । नेपाल वास्तवमा जडिबुटीयुक्त मुलुक, यहाँ उत्पादन हुने च्याउहरुको अझैपनि धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ । नेपालमा भएका धेरै महत्वपूर्ण उत्पादनहरु खासगरी हाम्रा जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा आज हामी धेरै पछाडि परिरहेका छाँै ।’

‘हाम्रा आफ्ना मौलिक उत्पादनका चिजहरु अरुले यसलाई अधिकार प्राप्त गर्ने होडबाजी नै चलिरहेको बेला छ । यस्तो बेलामा च्याउ उत्पादकहरुले नेपालमा च्याउ उत्पादन गर्ने, विदेशबाट आउनेकुरालाई कम्तिमा बिस्थापित गर्ने र च्याउको परिकारले उपभोक्ताहरुलाई दिने महत्वपूर्ण खुराकहरु के हुन् ? यसले शरीरलाई चाहिने तत्व कसरी दिनसक्छ ? यसको बारेमा बताउने र सिकाउने कुरा निजी क्षेत्रबाट खासगरी च्याउ उत्पादक आफैँ मिलेर पनि धेरै कोशिस गरिरहनुभएको छ । बितेका केही वर्ष यता गत १० वर्ष यता च्याउ क्षेत्रमा किसानहरुले गरिरहेका प्रगतिहरु, किसानका मेहनत, च्याउ उत्पादकहरुमा राज्यले जति महत्व दिनुपर्ने हो, त्यो कुराको अझैपनि अभाव छ । जसरी अरु क्षेत्रको अनुसन्धानमा महत्व दिइएको छ, नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गर्ने, त्यसलाई व्यवहारमा लागू गर्ने र यसको बजारीकरण गर्नेकुरामा अझै ध्यान दिन जरुरी छ ।’

सभामुख घिमिरेले अरु क्षेत्रको अनुसन्धानमा महत्व दिए जसरी नै नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गरी बजारीकरण गर्नेकुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।