११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोहोराटारमा पौडेल पक्षको भेला



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताको बैठक डाकेका छन्। वैठकमा वर्तमान राजनीतिक घटनाक्रमका साथै पार्टी महाधिवेशनका सन्दर्भमा समेत छलफल हुने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्न सभापति शेरबहादुर देउवाले सक्रियता नदेखाएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ। नेता पौडेलको निवासमा बालुवाटारमा अपरान्‍ह बस्‍न लागेको बैठकमा ओली सरकारको विकल्प र कांग्रेसको भूमिका र अन्य दलहरूसँग साझेदारीबारे छलफल हुने बताइएको छ। 
  
गएको फागुन १५ गतेभित्र सप्तरी, बारा र सिन्धुपाल्चोक जिल्लामा मात्र बाँकी रहेको पार्टी समायोजन टुंग्याउने र क्रियाशील सदस्यता फागुन मसान्तभित्र टुंग्याउने कांग्रेसको कार्यतालिका प्रभावित भइसकेको छ ।