७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोहोराटारमा पौडेल पक्षको भेला



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताको बैठक डाकेका छन्। वैठकमा वर्तमान राजनीतिक घटनाक्रमका साथै पार्टी महाधिवेशनका सन्दर्भमा समेत छलफल हुने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्न सभापति शेरबहादुर देउवाले सक्रियता नदेखाएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ। नेता पौडेलको निवासमा बालुवाटारमा अपरान्‍ह बस्‍न लागेको बैठकमा ओली सरकारको विकल्प र कांग्रेसको भूमिका र अन्य दलहरूसँग साझेदारीबारे छलफल हुने बताइएको छ। 
  
गएको फागुन १५ गतेभित्र सप्तरी, बारा र सिन्धुपाल्चोक जिल्लामा मात्र बाँकी रहेको पार्टी समायोजन टुंग्याउने र क्रियाशील सदस्यता फागुन मसान्तभित्र टुंग्याउने कांग्रेसको कार्यतालिका प्रभावित भइसकेको छ ।