• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रास्वपा संसदीय दलको बैठक जारी ★   बूढानीलकण्ठमा सुन लुटपाट गर्ने दुई पक्राउ ★   नरभक्षी बाघ मर्‍यो ★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली

कर्मचारीहरुलाई ‘ग्राउण्ड ह्याण्डलिङ’ को कुरा नउठाउन मन्त्री किराँतीको निर्देशन



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनैपनि कुरा नउठाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

आईतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री किराँतीले ग्राउण्ड ह्याण्डलिङको विषयमा कर्मचारीहरुले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीहरुले अनावश्यक कोकोहोला गर्नु आवश्यक नभएको बताउनु भयो । उहाँले ग्राउण्ड ह्याण्डलिङको कुरा प्रधानमन्त्री र देशका ठूला राजनीतिक दलहरुको सरोकारको विषय भएको भन्दै कर्मचारीलाई यस विषयमा नबोल्न निर्देशन दिनुभएको हो । उहाँले देशलाई वायुसेवा निमग चाहिने र त्यसलाई बचाउनका लागि ग्राउण्ड ह्याण्डलिङ पनि चाहिने स्पष्ट पार्नुभयो । कर्मचारीले यस विषय उठाएमा नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उल्लेख गर्दै मन्त्री किराँतीले कुरा उठाएमा राम्रो नहुने चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यहाँ वायुसेवा निगमको बारेमा बिना प्रशंग बढी किन कुराहरु उठ्छन् ? के तपाईहरु नीति निर्माता हो ? जानुहोस् आन्दोलन गर्नुहोस् । प्रधानमन्त्रीसँग डेलिकेशन गर्नुस् र अनुमति लिएर आउनुहोस् । वायुसेवा निगम राख्ने कि नराख्ने भन्ने यो सरकारको निर्णयको कुरा हुन्छ । यसमा त अझ राष्ट्रिय सहमतिको कुरा हुन्छ । पटक–पटक तपाईहरु किन वायुसेवा निगमको कुरा उठाउनुहुन्छ यहाँ ? हो त्यो सच्चिनुपर्छ । सुधार्नुपर्छ । विकास गर्नुपर्छ । हामीलाई पनि थाहा छ । तर वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ लिने कि नलिने भन्ने प्रश्नमा किन तपाईहरु ठूलो–ठुलो धुवाँ उडाउनुहुन्छ ? कोकोहोलो गर्नुहुन्छ ? आजदेखि बन्द गर्नुहोस् । यो प्रधानमन्त्रीको सरोकारको कुरा हो । देशका सबै ठूलो राजनीतिक दलहरुको सरोकारको कुरा हो । वायुसेवा निगम अहिले चाहिन्छ ।’

‘त्यसलाई बचाउनको निम्ति ग्राउण्ड ह्याण्डलिङ चाहिन्छ । यही नै हो बटम लाइन कुरा । भोलि अर्को निर्णय नभइन्जेल सम्म अन्यथा यहाँहरुले यस विषयमाथि कुरा उठाउनुभयो भने त्यो नेतृत्वमाथि, नीतिमाथिको हस्तक्षेप हुन जान्छ । त्यो सह्य हुँदैन । आजको दिनदेखि यो अन्त्य, पूर्णविराम हुनुपर्छ । यो कुरा नउठाउनका लागि म गम्भिरताका साथ तपाईहरुलाई निर्देशन गर्छु । अन्यथा यति गरेर पनि तपाईहरुले उठाउनुभएछ भने त्यो राम्रो हुँदैन भन्नेकुरा तपाईहरुले बुझ्नुहोला । वायुसेवा निगमको जिवन नै ग्राउण्ड ह्याण्डलिङ छ त । डुब्यो त अब, मैले डुबाएको हो आएर ? कसै एउटा नेतृत्वले आएर डुबाएको हो ? हुनुपथ्र्यो त हामीपनि राम्रो हुनुपथ्र्यो । हुन सकेका छैनौँ । सच्याउँ । त्यसको पुन:संरचना गरौँ । या विधि, विधानमा के–के समस्याहरु हुन्छन् तिनीहरुलाई सच्याउँला । तर नीति र नेतृत्वभन्दा माथि गएर जब तपाईहरुले कुरा उठाउनुभयो भने यो राम्रो हुँदैन भन्नेकुरा कडाइका साथ म भन्न चाहन्छु ।’

मन्त्री किराती कर्मचारी ट्रेड युनियनका नेताहरुमाथि समेत खनिनु भयो । उहाँले कर्मचारीहरुले धेरै नीतिगत कुरा गरेको भन्दै भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भनेर व्यंग्य गर्नुभयो । उहाँले नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरुले गर्ने भन्दै नेतृत्वले बनाएको नीतिमा कर्मचारीहरु हिँड्नुपर्ने बताउनु भयो । उहाँले कर्मचारीहरुलाई आफ्नो परिधिभित्र बस्न र नीतिमाथि हस्तक्षेप नगर्न दिर्नेशन समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘नीतिको प्रश्न धेरै उठाउनु भयो । लामो भाषण गर्नुभयो । म त झुक्किएँ पनि, प्रधानमन्त्री पो आएर बोल्नुहुदो रहेछ । पटक–पटक उहाँलाई हेरेँ । तर उहाँ त प्रधानमन्त्री होइन । नीतिको कुरा प्रधानमन्त्री, मन्त्री नेतृत्वले चिन्ता गर्छ । नेतृत्वले निर्माण गरेको नीतिको बाटोमा संस्थाहरु, कर्मचारीहरु हिँड्न सक्नुपर्छ । अन्यथा त्यसलाई अर्को अर्थ लाग्छ । अन्यथा त्यसलाई अनुशासन भनिदैन । अराजकता भनिन्छ । त्यसकारण नीतिमाथि तपाईहरुले धेरै चिन्ता नगर्नुस् । राज्यको बनाएको नीतिको बाटोमा इमान्दारपूर्वक अनुशासितपूर्वक देशको राष्ट्रसेवक भएर हिँड्नुस् । यदि राजनीति नै हामीले गर्ने हो भने त सबै कुरा छोडेर हामीजस्तो फिल्डमा आउनुपर्छ । त्यसकारण आफ्नो मर्यादाभित्र हामी बस्नुपर्छ । संगठनको अधिकार, कर्मचारीको हकहितको बारेमा कुरा अर्कै हो । तर नीतिमाथि हस्तक्षेप गर्नेगरी जसले प्रश्तुत हुन्छ, त्यो कर्मचारीको परिधिभित्र प्रश्न उठ्छ । त्यसकारणले आजैबाट यहाँहरुलाई यस्ता क्रियाकलाप बन्द गर्न कडाइका साथ निर्देशन गर्दछु ।’

मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनवटा तत्कालिन कार्याभार रहेको बताउनु भयो । उहाँले यात्रुहरुको सुरक्षा गर्नु पहिलो कार्यभार रहेको उल्लेख गर्दै ईयुले पठाएको कालोसूचीबाट हटाउन सुधार गर्नुपर्ने १२ बुँदा अक्षरश: पालना गर्नुपर्ने दोस्रो कार्यभार रहेको बताउनु भयो । त्यस्तै यात्रुमैत्री वातावरण बनाउनु तेस्रो कार्यभार रहेको उहाँको भनाई छ । उहाँले न्युनतम स्रोत, साधनको उच्चतम प्रयोग गरेर विमानस्थललाई राम्रो बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अबको हाम्रो तत्कालिन कार्यभार तीनवटा छ । पहिलो कुरा हाम्रो कार्यभार सुरक्षा हो । सुरक्षाबाहेक हामीले अर्को कुरा सोच्न पनि सक्दैनौँ । हामीले मान्छेको जिन्दगीसँग खेलवाड गर्न सक्दैनौँ । देशको इज्जतबाट हामी तलमाथि हुन पनि सक्दैनौँ । दोस्रो, भर्खरै अडिट सकेपछाडी ईयुले पठाएको १२ बुँदेलाई अक्षरश: कडाइका साथ पालना गर्ने हाम्रो कार्यभार हो । र हामीले हाम्रो देशको लागेको कालोसूचि अर्थात हाम्रो देशमाथि उठेको प्रश्नको जवाफ दिनु हो । तेस्रो, यात्रुमैत्री वातावरण बनाउनु हो । यात्रुमैत्री वातावरण बनाउने, न्युनतम स्रोत, साधनको उच्चतम प्रयोग गरेर हाम्रो देशको अनुहार हो एयरपोर्ट । एयरपोर्टमा दाग नदेखाउनेगरी हामी लाग्नुपर्छ । आजको हाम्रो पहिलो कार्यभार हो ।’

मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढको विमानस्थल पीपीपी मोडलमा निर्माण गरिने पनि बताउनु भयो ।