२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनालाई लिएर सुर्खेतमा आन्दोलन, वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम



अ+ अ-

सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनालाई लिएर आइतबार सुर्खेतमा पुन: आन्दोलन चर्किएको छ ।

बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि ‘युवा विद्रोही’ समूहले आइबार वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम गर्दै आन्दोलन गरेका हुन् ।

अहिले रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था तनावग्रस्त भएको छ । दिउँसो १२ बजेदेखि टायर बालेर आन्दोलन सुरु गरेपछि सवारी साधनहरू ठप्प पारिएको छ । आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै, मृतक युवाहरूलाई सहिद घोषणासहित पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने माग राखेका छन् ।

आन्दोलन भइरहेको ठाउँमा प्रहरी तैनाथ भइरहेको छ ।