६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

जनताको अधिकार खोस्ने निर्णयविरुद्ध म बाँचुञ्जेल लड्ने छु : प्रचण्ड

जनताको अधिकार खोस्ने निर्णयविरुद्ध म बाँचुञ्जेल लड्ने छु : प्रचण्ड
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले पहिचान र अधिकारको मुद्दा नछोडेको बताउनुभएको छ । 

आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा दलित मुक्ति मोर्चा द्धारा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस(२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अधिकार र पहिचानको मुद्दा नछोडेको बताउनुभएको हो ।  दलित र महिलालाई विशेषाधिकार दिनको निम्ति आफुले पहल गरेको पनि उहाँको भनाई छ । विशेषाधिकारबिना महिला र दलितहरुले बास्तविक अर्थमा अधिकार सम्पन्न हुने अभियानमा प्रतिस्पर्धा गर्न सक्दैनन् भनेर संविधान सभाको माइनटमा नै नोट अफ डिसेन्ट राखि भविष्यमा यसको निम्ति आन्दोलन गर्ने बाटो खुला राखेको भएपनि आफुले मुद्दा छाडेको भनि प्रचार भएको उहाँको भनाई छ । प्राप्त अधिकारको उपयोग गर्दै बाँकी अधिकारको निम्ति लड्ने नीति लिएको भन्दै उहाँले विशेषाधिकार र पहिचानको मुद्दा नछोडेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘तपाइहरुलाई लाग्दो हो प्रचण्डले छोडेको हो कि हाम्रो मुद्धालाई भन्ने लाग्दो हो । त्यो चाहीँ साचो होइन । मैले जति आन्दोलनको बलबाट र आजको राजनीतिक परिस्थितिमा प्राप्त हुनसक्ने जति अधिकार चाहिँ लिने र बाँकी अधिकारको निम्ति आन्दोलन जारी राख्ने नीति लिएको हो । अरु केही पनि होइन । न मैले विशेषाधिकार छोडेको छु । न मैले संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै उत्पीडितहरुले पाउनुपर्ने पहिचान र अधिकारको मुद्धा छोडेको छु । मैले जति प्राप्त हुन सक्थ्यो त्यति चाहीँ लिइहालौँ । त्यसभन्दा अगाडी चाहीँ फेरी आन्दोलन अगाडी बढाइराख्नुपर्ने हुन्छ । र हामीले संविधानलाई पनि एउटा गतिशिल र परिवर्तनशिल दस्तावेजको रुपमा संविधान संशोधनको माध्यमबाट परिमार्जन गर्दै लैजाने र उत्पीडितहरुको अधिकार र पहिचानलाई स्थापित गर्दै लैजाने बाटो अपनाएको मात्रै हो । तपाइहरुले गहिरोगरी विचार गर्नुभयो भने यो कुरा बेठिक भनेर बहस गर्ने ठाउँ हुन्छ भन्ने मलाई लागेको छैन ।’

अध्यक्ष प्रचण्डले संविधानमा दलित, महिला, मधेसी, आदिबासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरेका कारण संविधान च्यात्न लागेको बताउनुभयो । नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी विदेशीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको पनि उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो – ‘हिजोका गणतन्त्र विरोधी, सामन्तवादका दलालहरु देश भित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु पनि जसले यो संविधानलाई स्वीकार्न सकेका छैनन् । बिचार गर्नुहोला, ति सबै मिलेर एउटा धार बनेको छ । र ति सबैले नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा उनीहरुले केपी ओली भेटेका छन् । केपी ओली नै रहेछ यो संविधान सिध्याउन सक्ने, गणतन्त्रपनि सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग , जाति, क्षेत्र, लिङ्ग,समुदायलाई उनीहरुको हक अधिकारलाई सिध्याउन सक्ने पहाडिया उच्च जातिय अहंकारवादको प्रतिनिधि र विदेशीको अगाडी राम्रै लम्पसार पर्नपनि सक्ने सजिलै । बिसौँ, पच्चीसौँ वर्षदेखि विदेशीहरुले हुर्काएको, पालित पोषित पनि को हो भनेर हेर्दै जाँदा केपी ओली नै देखियो भनेका छन् । र अहिले केपी ओलीलाई प्रतिनिधिको रुपमा त्यो धारको प्रतिगामी, प्रतिक्रान्तिकारी, निरंकुश, लोकतन्त्रविरोधी, समावेशी समानुपातिक विरोधी सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्न सक्ने पात्रको रुपमा केपीजीलाई साथ लिएका छन् उनीहरुले । कतिदिन लिन्छन् मलाई थाहा छैन । अहिले चाहीँ लिएकै छन् ।’

नेपाली जनताले आत्मनिर्णयको अधिकार खोज्नुपर्ने अवस्था आएको अध्यक्ष प्रचण्डको भनाई छ । दलित, आदिवासी, जनजाति, श्रमिक लगायतको विरुद्धमा षड्यन्त्र भएको भन्दै उहाँले त्यसको विरुद्ध आफु बाचुञ्जेल लड्ने पनि बताउनुभयो । संविधानमाथि प्रहार गरेर सबैको अधिकार उल्ट्याउन खोजिएको उहाँको भनाई छ ।