११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाईसीएलले आउँदो जेठमा राष्ट्रिय भेला गर्ने, हरेक निर्वाचन क्षेत्रमा १ हजार सदस्यता थप्ने



अ+ अ-

 काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले आउँदो जेठ २८–३०  राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले ०७८ साल जेठ २८–३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । 

त्यस्तै वाईसीएलले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ । वैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार गर्ने निर्णय गरेको हो ।

वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटालेका अनुसार राष्ट्रिय भेलाका लागि स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट प्रतिनिधि छनोट गरिने  बताए । बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समिति १६१ सदस्यीय हुने तय गरेको छ । 

त्यस्तै वाईसीएलका हालसम्मका सबै समितिलाई भेला आयोजक समितिमा रुपान्तरण गरेको छ ।

वाईसीएलको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले एकाधिकारवादी, तानाशाही र गैरकम्युनिष्ट चरित्र देखाएको भन्दै खेद व्यक्त गरेको छ ।