७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाईसीएलले आउँदो जेठमा राष्ट्रिय भेला गर्ने, हरेक निर्वाचन क्षेत्रमा १ हजार सदस्यता थप्ने



अ+ अ-

 काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले आउँदो जेठ २८–३०  राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले ०७८ साल जेठ २८–३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । 

त्यस्तै वाईसीएलले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ । वैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार गर्ने निर्णय गरेको हो ।

वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटालेका अनुसार राष्ट्रिय भेलाका लागि स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट प्रतिनिधि छनोट गरिने  बताए । बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समिति १६१ सदस्यीय हुने तय गरेको छ । 

त्यस्तै वाईसीएलका हालसम्मका सबै समितिलाई भेला आयोजक समितिमा रुपान्तरण गरेको छ ।

वाईसीएलको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले एकाधिकारवादी, तानाशाही र गैरकम्युनिष्ट चरित्र देखाएको भन्दै खेद व्यक्त गरेको छ ।