११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० वर्षपछि छोरा दुर्गाप्रसादले आमा भनेपछि…



अ+ अ-

काठमाडौं । भारतीयको कलकत्तास्थित दमदम जेलबाट शनिबार रिहा भएर ४० वर्षपछि दुर्गाप्रसाद तिम्सिना आज (आईतबार) अपराह्न जन्मघर इलाम पुगेका छन् ।

इलामका तिम्सिना ४० वर्षपछि आफ्नो देश र परिवार सामु फर्कदै गर्दा उनी मौन देखिएका थिए । भाइहरुको सहयोगमा घर पुगेका दुर्गाप्रसाद, आमालाई भेट्दा पनि केही बोलेनन् ।

आमालाई भेट्दा पनि उनी केही बोलेनन् । तर भने भाइहरुको कर पछि उनले रिहा भएको पहिलो पटक धनमायालाई ‘आमा’ भनी बोलाए । उनले थप सम्वाद नगरेपछि धनमायाले भने रेल र मोटर चढेर आएका कारण छोरा नबोलेको होला भनेर प्रतिक्रिया दिइन् ।

उनले भनिन्, ‘भोलिबाट अरु कुरा गर्छ होला ।’भाइहरुकै जोडबलमा उनले कोलकत्ताबाट लिएर आएको मिठाई पनि आमालाई दिए। उनको आमा धनमाया ८६ वर्षकी रहेकी छन् ।