८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० वर्षपछि छोरा दुर्गाप्रसादले आमा भनेपछि…



अ+ अ-

काठमाडौं । भारतीयको कलकत्तास्थित दमदम जेलबाट शनिबार रिहा भएर ४० वर्षपछि दुर्गाप्रसाद तिम्सिना आज (आईतबार) अपराह्न जन्मघर इलाम पुगेका छन् ।

इलामका तिम्सिना ४० वर्षपछि आफ्नो देश र परिवार सामु फर्कदै गर्दा उनी मौन देखिएका थिए । भाइहरुको सहयोगमा घर पुगेका दुर्गाप्रसाद, आमालाई भेट्दा पनि केही बोलेनन् ।

आमालाई भेट्दा पनि उनी केही बोलेनन् । तर भने भाइहरुको कर पछि उनले रिहा भएको पहिलो पटक धनमायालाई ‘आमा’ भनी बोलाए । उनले थप सम्वाद नगरेपछि धनमायाले भने रेल र मोटर चढेर आएका कारण छोरा नबोलेको होला भनेर प्रतिक्रिया दिइन् ।

उनले भनिन्, ‘भोलिबाट अरु कुरा गर्छ होला ।’भाइहरुकै जोडबलमा उनले कोलकत्ताबाट लिएर आएको मिठाई पनि आमालाई दिए। उनको आमा धनमाया ८६ वर्षकी रहेकी छन् ।