• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

बालकुमारी घटना: मृतकको आफन्त भेट्न रास्वपाका सभापति रवि किस्ट र पाटन अस्पतालमा



काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने बालकुमारीमा भएको ईपीएस परीक्षा सम्बन्धी प्रकरणमा मृत्यु भएकाको आफन्तलाई भेट्न किस्ट र पाटन अस्पताल पुग्नु भएको छ । सनिवार साँझ लामिछाने अस्पताल पुग्नु भएको हो ।

शुक्रबार दिउँसो ईपीएस परीक्षाका विषयमा भएको प्रदर्शनका क्रममा जुम्लाका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । सुजनको किस्ट र वीरेन्द्रको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

रास्वपाले आजै ललितपुरको बालकुमारीमा जनहत्याको विरोधमा ‘जवाफ चाहियो सरकार’ कार्यक्रम समेत गरेको छ ।

विरोधमा सहभागी नेता कार्यकर्ताले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला बनाएर विभिन्न प्रश्नहरु सोधेका थिए। उनीहरुले प्रधामन्त्री र गृहमन्त्रीलाई अलग अलग प्रश्न गरेका थिए ।

रास्वपाले प्रधानमन्त्रीलाई सोधेको प्रश्न

१. रोजगारीका लागि विदेश जान पनि विभेद नहोस् भन्नेलाई किन गोली हानेर मार्न लगाउनु भयो प्रधानमन्त्रीज्यू?

२. प्रधानमन्त्रीज्यू, नागरिकको ‘हत्या’का लागि गोली बर्साउन आदेश दिने गृहमन्त्रीलाई कहिले बर्खास्त गर्नुहुन्छ?

३. सरकार सामान्य प्रदर्शन पनि घातक बल प्रयोग नगरी रोक्न नसक्ने कमजोर अवस्थामा पुगिसकेको हो प्रधानमन्त्रीज्यू?

४. जनताको दुहाई दिएर सत्तामा पुग्नेले जनता नै किन मार्छन् प्रधानमन्त्रीज्यू?

५. मन्त्रीकै सवारी साधन जोगाउन नसक्ने सरकारले नागरिकलाई सुरक्षा दिन्छ भनेर कसरी पत्याउँ प्रधानमन्त्रीज्यू?

६. सरकारले समयमै माग सम्बोधन नगर्दा ज्यान गुमाएका युवाको आत्माले पिरोल्दा कसरी मन शान्त बनाउनुहुन्छ प्रधानमन्त्रीज्यू?

७. गोली हानेर, मान्छे मारेर समस्याको समाधान खोज्ने कस्तो लोकतान्त्रिक शासन हो यो प्रधानमन्त्रीज्यू?

८. निरासाले तड्पिएका युवालाई गोली उपहार, दिनदाहडै जनता मार्ने किन चाहियो सरकार?

९. भ्रष्टाचार र अनियमितता मौलाउँदा युवा बेरोजगारी, जनता मार्दै शासन गर्ने कस्तो नियत सरकारी?

१०. इलम गर्न पाऊँ भन्नेलाई सरकार किन दिन्छ गोली, यस्तै शासक रहिरहे व्यवस्थै मासिएला भोलि!

रास्वपाले गृहमन्त्रीलाई सोधेको प्रश्न

१. हिजोको घटनापछि तपाईं यो देशको गृहमन्त्री भइरहनु पर्ने एउटा मात्रै कारण देखाइदिनु न गृहमन्त्रीज्यू? जवाफ चाहियो।

२. दुई युवा देश छोड्न खोज्दै थिए, संसार छोड्न बाध्य बनाइदिनु भयो है, किन गृहमन्त्रीज्यू ? जवाफ चाहियो।

३. आन्दोलनलाई नियन्त्रण गर्न सुरुमै गोली चलाउने आदेश किन दिनुभयो गृहमन्त्रीज्यू? जवाफ चाहियो ।

४. आन्दोलन हुँदैछ भन्ने थाहा हुँदा-हुँदै भौतिक मन्त्रीलाई तपाईंको प्रहरी-प्रशासनले किन त्यो बाटोबाट पठायो गृहमन्त्रीज्यू? जवाफ चाहियो।

५. तपाईंले गरेको काम र तपाईंका मातहतमा रहेको निकायले गरेको कामको छानबिन पनि त्यहिँ निकायले गर्दा निष्पक्ष हुन्छ भनेर हामीले पत्याइदिनु पर्ने हो गृहमन्त्रीज्यू? जवाफ चाहियो।

६. ज्यान लिनेलाईं निलम्बन मात्रै! फौजदारी अभियोग लगाउने हिम्मत किन आएन गृहमन्त्रीज्यू? जवाफ चाहियो।