• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   फ्यानको माया देखेर रोइन् कियारा आडवाणी ★   उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै ★   काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ ★   दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ ★   दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि ★   सत्ता समीकरणमा कुनै समस्या आएको छैन: उपप्रधानमन्त्री लामिछाने ★   टी २० विश्वकपः सुपर-८ का १२ खेल ४ रंगशालामा ★   पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो रु सात करोड ★   श्रीलंकाले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो ★   उपत्यकामा पेट्रोलियम पदार्थको अभाव- फोटो फिचर

एडगुरु पौडेलको गायनमा पुनरागमन



काठमाडौं । उबेलाका चर्चित गायक निर्मलराज पौडेल १५ बर्षपछि पुन: गायनमै फर्कनुभएको छ । उहाँको गायनमा पुनरागमन ‘छम्म नाचौँ, छम्म नाचौँ’ बोलको गीतबाट भएको हो ।

श्रब्य सामग्रीको रुपमा रहेको सो गीतको हालै दृश्य सामग्री अर्थात म्यूजिक भिडियो छायांकन गरिएको छ । विशेष गरेर पर्वहरुमा नाच्ने शैलीमा तयार भएको गीतमा चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।

गीतमा सरोज खनाल, बिजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रबीन्द्र खड्का, गजित बिष्ट, गम्भिर बिष्ट, सुनिल शिलवाल, खुस्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्की लगायतका नयाँ र पुराना चर्चित कलाकारहरुले अभिनय गर्नुभएको छ ।

विज्ञापन क्षेत्रमा लामो समयदेखि लागेका यस क्षेत्रका अगुवा पौडेल एड गुरु नामले समेत परिचित हुनुुहुन्छ । उहाँको यो पछिल्लो गीतमा गायन, मनिश पौडेलको निर्देशन, गम्भीर बिष्टको कोरियोग्राफी, महेश पौडेलको छायांकन तथा माधव थापाले छायांकन तथा ब्यवस्थापन गर्नुभएको छ ।

पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले सङ्गीत दिनुभएको छ । ३५ बर्ष अघि हलिउड र बलिउडका बिभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरी गायन यात्रा सुरु गर्नुभएका पौडेलको ‘फेसन यो हो फेसन’ भन्ने गीत निकै चर्चित रहेको थियो । उहाँका ह्याप्पी लाईफ, सलल बगेको गण्डकी लगायतका गीतहरु चर्चित छन् ।

हालैमात्र पौडेलले नेपालमा विज्ञापनको इतिहास र वर्तमान अवस्था समेटेर विज्ञापनको इतिवृत्तान्त र यस पेशा र क्षेत्रप्रति आफ्नो अनुभव समेत समेटेर एक पुस्तक ‘वेलकम आरोह अवरोह’ प्रकाशन गर्नुभएको थियो ।