१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेपाली खेलकुदका निकायहरुको भुमिकाबारे समीक्षा हुन आवश्यक छ–मन्त्री लिम्बू

नेपाली खेलकुदका निकायहरुको भुमिकाबारे समीक्षा हुन आवश्यक छ–मन्त्री लिम्बू
अ अ+ अ-

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भुमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ । रोल…

शंखमुलमा शनिवार आयोजित नेपाल ओलम्पिक कमिटी (एनओसी) को १५ औं साधारणसभाको अवसरमा मन्त्री लिम्बूले खेलाडीको अपेक्षाअनुरूप खेलकुदका निकाय एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को काम कारबाही र भुमिका विषयलाई लिएर समीक्षा गर्न आवश्यक रहेको औंल्याउनुभएको हो । खेलाडीका भावनाअनुरूपमा गर्नसक्यौं वा सकेनौं भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको मन्त्री लिम्बूको धारणा थियो ।

मन्त्रीले लिम्बूले खेलकुदका जिम्मेवारी निकाय एउटै लक्ष्यमा एक भएर काम काम गर्ने हो भने नेपाली खेलकुद विकासको नतिजा आगामी पाँच वर्षभित्र देखिने बताउनु भयो । त्यसैले सराकोरवाला निकाय मिल्नुको विकल्प नभएको आवश्यकता औंल्याएउनु भयो । खेलकुद क्षेत्रको विकासका लागि सबै निकायको साझा धारणा आउनुपर्ने पनि मन्त्री लिम्बूले बताउनु भयो ।

मन्त्री लिम्बूले सरकार एक्लैले मात्र खेलकुद क्षेत्रको विकास गर्न सम्भव नभएको पनि जिकिर गर्नुभयो । उहाँले निजी क्षेत्र, सरोकारवाला र राज्य एक भएर काम गर्ने हो भने खेलकुद क्षेत्रले धेरै फड्को मार्ने बताउनु भयो । लगानी गर्ने व्यक्ति र संस्थालाई पनि प्रोत्साहन गर्न उत्तिकै आवश्यकता रहेको मन्त्री लिम्बूले बताउनु भयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा ओलम्पिकको इतिहास लामो भएपनि अनुभव त्यति लामो हुन नसकेको स्वीकार गर्नुभयो । यसबीच एनओसीले उतारचढाव सामना गर्नुपरेकाले पनि त्यति धेरै गतिविधिहरू नभएको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठको भनाई छ ।

ओलम्पिकमा सहभागिता मात्र होइन पदकको सम्भावना पनि ल्याउने वातावण बनाउन आफूहरू प्रतिवद्ध रहेको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले बताउनु भयो । राज्य, खेलकुद संघ, मन्त्रालय र ओलम्पिक कमिटी एक भएर काम गर्दा मात्र नेपाली खेलकुदलाई परिणाममूखी बनाउन सक्ने अध्यक्ष श्रेष्ठको विश्वास छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको संस्थागत विकासको इतिहास लामो रहेको उल्लेख गर्दै उद्देश्यअनुरूप विकास हुन नसक्दा एकपटक सबैले समीक्षा गर्न आवश्यक रहेको औंल्याउनु भयो । घिसिङले पनि सामूहिक प्रयास गर्न एकै पटक पाइला बढाउन आग्रह गर्नुभयो । काम गर्ने तरिका बारे प्रशिक्षकसँगै हरेक खेलकर्मीले पनि आफूलाई समीक्षा गर्न उहाँको आग्रह छ । तब मात्र उपलब्धि सम्भव रहेको राखेप सदस्यसचिव घिसिङले बताउनु भयो ।

सो कार्यक्रममा ओलम्पियन दीपक बिष्ट र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले पनि खेलकुद विकासका लागि सबै एक भएर लाग्नुपर्ने औंल्याउनु भयो । त्यसअघि सो साधारण सभाको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।