७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमानस्थलमा भएका कमि कमजोरी ७ दिन भित्र सुधार गर्न पर्यटनमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ७ दिन भित्र सम्पुर्ण कमि कमजोरीलाई सुधार गरी विमानस्थलका हरेक कार्य चुस्त दुरुस्त बनाउन त्रिभुवन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ । 
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले आईतबार आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरी व्यवस्थापनलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले विमानस्थल भित्रका पुर्वाधार निर्माण, मर्मत लगायत कुराले यात्रुहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती भएको ,उनीहरुले प्रभावकारी सेवा पाउन नसकेकाले सेवा चुस्त दुरुस्त बनाएको  अनुभव यात्रुलाई गराउन निर्देशन दिनुभयो ।
उहाँले विभिन्न किसिमका सम्झौता सहमति कार्यान्वयन भए नभएको सम्बन्धमा पनि सचेत हुनुपर्ने बताउनुभयो । विमानस्थल भित्रको निर्माणको कामले गर्दा कतिपय असहजता थपेकाले सेवा गाहीलाई प्रतिकूल असर नपर्ने गरी विमानस्थलका कामकारवाही गराउन पनि निर्देशन दिनुभयो । अर्को हप्ता पुनःनिरिक्षण गर्न आउने पनि मन्त्री ढकालले बताउनुभयो ।