१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

सरकार टिकाउन अनुचित र सिद्धान्तहिन गठबन्धन हुदैन –संञ्चारमन्त्री गुरुङ्ग

सरकार टिकाउन अनुचित र सिद्धान्तहिन गठबन्धन हुदैन –संञ्चारमन्त्री गुरुङ्ग
अ अ+ अ-

काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार टिकाउनका लागि नेकपा(एमाले)ले कुनैपनि किसिमको सम्झौता नगर्ने बताउनुभएको छ । 
आइतबार मन्त्रीपरिषद्ले गरेको निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सरकार टिकाउनका लागि नेकपा(एमाले) तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गर्नु आवश्यक नरहेको बताउनुभएको हो ।

सरकारमा रहे राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने अवसर सरकारलाई हुने र विपक्षमा भए आगामी निर्वाचनको तयारी गरेर फेरी पनि सिंहदरबार प्रवेश गर्ने प्रधानमन्त्री ओलीको आत्मविश्वास भएकाले एमालेको दुवै हातमा लड्डु भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘सरकार अहिले टिक्नको लागि र टिकाउनको लागि कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गरेर सरकार टिकिरहनु पर्दैन । हामी अहिले नेकपा(एमाले) को निम्ति दुईवटै हातमा लड्डु छ ।

३ वर्षसम्म सुरुवात गरिएको समृद्ध नेपाल सुखि नेपालीको अवधारणा अनुसार जुन राष्ट्रिय गौरवका आयोजनाहरु छन् त्यो आयोजनालाई सम्पन्न गर्नको निम्ति सरकारलाई अवसर छ । विपक्षी दलहरु मिलेर सरकारलाई अविश्वास प्रस्ताव ल्याउँदा पनि विपक्षमा रहेर प्रमुख प्रतिपक्षी दलको पार्टीको रुपमा रहेर आगामी निर्वाचनको लागी तयारी गर्ने अवसर हुन्छ । त्यो अवसरलाई उपयोग गर्दै आगामी निर्वाचनबाट बहुमतको सरकारबाट फेरीपनि सिंहदरबार गेटबाटै प्रवेश गर्ने प्रधानमन्त्रीको अठोट, आत्मविश्वास, ऊर्जा छ । जनतालाई ऊर्जा थप्ने काम भएको छ । सत्तामै टिक्न,टिकाउनको निम्ति त्यो किसिमको कुनै सम्झौता गर्ने पक्षमा नेकपा(एमाले) पार्टी र प्रधानमन्त्री ओली हुनुहुन्न ।’

मन्त्री गुरुङले पार्टीमा सबै प्रकारका गटबन्दीको अन्त्य गरिने बताउनुभयो । गुटबन्दीका कारण सरकार अवरुद्ध हुने र पार्टी विभाजन हुने प्रवृत्तिको अन्त्य गर्ने स्पष्ट दृष्टिकोण साथ पार्टी अगाडी बढेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘पार्टीमा अब कुनैपनि किसिमको गुटबन्दी अन्त्य गर्ने भन्ने कुरा नै पार्टीको एजेण्डा हो । त्यसैले गुटबन्दीका कारण सरकार अवरुद्ध हुने, पार्टी विभाजित हुने र मुलुकको विकास र उन्नतिको लागि नभइकन पद र व्यक्ति र गुटको निम्ति रुमल्लिइरहने त्यो अवस्थाबाट अब मुलुकलाई अन्त्य गर्नुपर्छ र पार्टीलाई पनि त्यसबाट मुक्त गर्नुपर्छ जसको कारण आज पार्टी स्पष्ट दृष्टिकोणबाट अघि बढेको छ ।’
पार्टी नेतृत्व र सरकारलाई कमजोर बनाउने गतिविधिमा संलग्न  हुनेलाई पार्टीले छुट नदिने उहाँको भनाई छ ।