• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गर्नु राष्ट्र हित विपरित हो: मन्त्री किराँती



काठमाडौँ । संस्कृति तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बिरोध गर्नु राष्ट्र हित विपरित भएको बताउनुभएको छ ।

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सव (रजत) का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले निजगढ विमानस्थल अहिले बनाउन नदिइ बिरोध गर्नेहरुले १० वर्षपछि देशलाई हुने घाटा व्यहोर्नुपर्ने बताउनु भयो । उहाँले निजगढ बनाउन लाग्दा बाधा अवरोध गर्नु राष्ट्र हित विपरित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘निजगढ विमानस्थल अहिले नबनाएर १० वर्षपछि देशलाई हुने धोका जसले अहिले विरोध गर्छ त्यसले लिनुपर्छ । आज निजगढ बनाउनुपर्छ भन्दा जसले बाधा अवरोध गर्छ । त्यो राष्ट्र हितमा हुँदैन । नेपाल वायुसेवा निगमसँग किन झगडा बढी हुन्छ भन्ने कुरा छ । त्यसमा जोसँग जीवन बिताउनु पर्छ त्योसँग बढी झगडा हुन्छ । काम गर्ने क्रममा हुने झगडा नभएर सल्लाह हो भन्ने बुझ्नुपर्छ ।’

उहाँले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जतिसुकै ठूलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताउनु भयो । उहाँले काठमाडौंको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तैउस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले काठमाडौंको विकल्प सरकारले खोज्नैपर्ने भन्दै यसको विकल्प निजगढ विमानस्थल भएको बताउनु भयो ।