१७ भाद्र २०८३, बुधबार
,
Latest
यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा सडकबाट खसेर युवकको मृत्यु



अ+ अ-

पुस । दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ । अपि हिमाल गाउँपालिका–६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार सिप्टी–तपोवन सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको बा३क ४१९८ नं को स्काभेटरमा सहयोगीका रुपमा काम गदैँ आएका धामी सोही सडकखण्डको सिप्टीमा सडकबाट खसेका हुन् ।

सडकमा हिँडिरहेका बेला अचानक खस्दा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । उनी सडकबाट पाँच सय मिटर तल खसेका थिए । अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक मानसिँह ऐरीको टोली घटनास्थलमा पुगेको छ । रासस