२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्छ: मन्त्री किराँती



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताउनुभएको हो । उहाँले आगामी १० वर्षभित्रमा यो विमानस्थलमा धेरै असहजता निम्तिने बताउनु भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बनाउँदापनि अब समयको माग अनुरुपको परिणाम दिन नसक्ने उहाँको भनाई छ । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको बताउनु भयो । उहाँले पोखरा, निजगढ, भैरहवा र काठमाडौंको विमानस्थललाई पीपीपी मोडलमा लानेगरी प्रक्रिया अगाडी बढाएको पनि बताउनु भयो । उहाँले अहिले विमानस्थलहरु घाम तापेर बस्नुपरेको बताउनु भयो । त्यस्तै दुर्गम क्षेत्रमा रहेका २२ वटा विमानस्थलहरु पनि गौरचणको रुपमा परिणत भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले यति ठूलो एयरपोर्टहरु बनाइसकेका छौँ । ति एयरपोर्टहरु अहिले घाम तापेर बसेको छ । दुर्गम क्षेत्रको पनि २२ वटा एयरपोर्टहरु आज गौचरणको रुपमा परिणत भएको छ । काठमाडौंकै कुरा गर्नुहुन्छ भने अब ८/१० वर्षमा काठमाडौंमा धेरै नै ठूलो असहजता हुनेछ । अहिले नै पनि हामी ४५ मिनेटसम्म आकाशमा होल्ड गर्नुपर्ने जुन बाध्यता छ । जतिसुकै काठमाडौंको एयरपोर्टलाई बनाउँदाखेरी पनि यसले परिणाम अबको समय अनुसार दिन सक्दैन । मैले उदाहरणको रुपमा सधैँ भन्दै पनि गरेको छु, ९० वर्षको आमालाई लिपस्टिक, पाउडर लगाइदिएर राम्री बनाउनुजस्तै हो काठमाडौंको एयरपोर्ट अब बनाएर चलाउँछु भन्नुचाहीँ । त्यसकारणले यसको विकल्प हामीले खोज्नैपर्छ । यसको विकल्प भनेको निजगढ नै हो । अब हामी चारैवटा एयरपोर्टलाई निजगढ पनि बनाउने कति वर्षमा बनाउनुपर्ने, बनाएन भने के गर्ने, हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि त्यही बास्केटमा र भैरहवालाई पनि त्यही बास्केटमा लगाएर पीपीपी मोडलमा लाने गरी प्रक्रियाहरु अगाडी बढाउँछौँ । उसरी गर्दा अर्को बहश पनि आउँला त्यसको सामना गरौँला । औचित्य साबित गरौँला । म समिति समक्ष गम्भिरताका साथ के अनुरोध गर्न चाहन्छु भने, अब हामीले पुरानो राष्ट्रवादको रक्सी पिएर मातेर बस्नु हुँदैन । आजको राष्ट्रवादको जगमा उभिएर हाम्रो गरिबीको अन्त्य गर्ने, हाम्रो सारा अभावको अन्त्य गर्ने, नुन, पानी र रोटीको ग्यारेन्टी गर्ने आजको राष्ट्रवाद हामीलाई चाहिएको छ । हिजोजस्तै जनताहरु रोजगार नपाएर, खान नपाएर मरिरहने राष्ट्रवाद आजको राष्ट्रवाद हुन सक्दैन ।’

मन्त्री किरातीले युरोपियन युनियनले नेपाललाई कालोसूचिमा राख्नका कारण १२ बुँदामा लेखेर पठाएको भन्दै सो बुँदा सच्याएमा कालोसूचिबाट हटाउने बताउनु भयो । उहाँले सो १२ बुँदा अनुरुप सच्याउनका लागि कार्यान्वयनको चरणमा अगाडी बढेको बताउनु भयो ।