७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी बंगलादेशमा



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश पुग्नुभएको छ । ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारी सवार नेपाल वायु सेवा निगमको विशेष चार्टर विमान अवतरण भएको छ । राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गर्नुभएको हो ।

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको  मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बंगलादेश जानुभएको हो । 

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्नुभएको थियो ।