११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

सरकारद्वारा २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण

सरकारद्वारा २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण
अ अ+ अ-

काठमाडौँ । सरकारले गहुँको न्युनतम समर्थन मुल्य ३ हजार ६५० रुपैयाँ १४ पैसा तोकेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ १४ पैसा निर्धारण गरेको हो ।

बैठकले नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालको तर्फबाट वन मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी, झुटा विववरण पेश गरी जिल्ला प्रशासन कार्यालय, सिराहाबाट प्राप्त गरेका ६ वटा नेपाली नागरिकताको प्रमाणपत्रहरु रद्द गरी निजहरुलाई नेपाली नागरिकबाट हटाउने निर्णय पनि भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्ले मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेललाई फिलिपिन्सका लागि गैरआवासीय राजदुत तोक्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । त्यसैगरी नेपाली सेनाका दुई जना सहायक रथीलाई उपरथी दर्जामा र नौ जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने निर्णय पनि भएको उहाँले बताउनु भयो ।

मन्त्री शर्माकाअनुसार काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सडक खण्ड निर्माणको लागि संलग्न शर्तहरुको पालना गर्ने गरी मकवानपुर र बारा जिल्लाको राष्ट्रिय वनको कुल जम्मा ४०.१९ हेक्टर जग्गा प्रयोग गर्न र सो वनमा रहेका ४ हजार ३४५ गोटा रुख/पोल कटान गर्न स्वीकृति दिने निर्णय पनि भएको छ । त्यस्तै मन्त्रिपरिषद्ले स्वप्न बगैँचा विकास समितिको रिक्त दुई सदस्यमा श्रृजना मल्ल राणा र लोकभक्त समशेर जबरालाई मनोनयन गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गर्ने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णय पनि भएको छ । सरकारले वि.सं. २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण पनि गरेको छ । बैठकले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको लागि जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० पनि स्वीकृत गरेको छ ।

त्यसैगरी पुस ५ गतेको मन्त्रिपरिषद्ले नेपाल विशेष सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु व्यवस्था गर्ने सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड(ख) को प्रयोजनको लागि राष्ट्रिय जनगणना, २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति(दलित बाहेक)लाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय भएको पनि जानकारी दिनुभयो । त्यसैगरी मन्त्रिपरिषद्ले गोरखापत्र संस्थानको व्यवस्थापन, आर्थिक एवं प्रिन्टिङ सल्लाहकारमा रामकृष्ण अधिकारीलाई नियुक्त गरेको छ भने गोरखापत्र संस्थानको कानूनी सल्लाहकारमा सुशीला चौधरीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्ले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० स्वीकृत गर्ने र अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय पनि गरेको छ ।