२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनाप्रति सरकार: गलत भयो, अराजकतालाई कसैले प्रश्रय गर्नुहुन्न



file photo
अ+ अ-

काठमाडौं । सरकारकी प्रवक्ता रेखा शर्माले बालकुमारी घटना गलत भएको भन्दै दु:ख व्यक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले बालकुमारीको घटना अराजकता भएको उल्लेख गर्दै अराजकतालाई कसैले प्रश्रय दिन नहुने बताइन् ।

‘हाम्रो भौतिक पूर्वाधारमन्त्रीको गाडीमा आगजनी भएको कुरा आएको छ । तर, जे भयो, त्यो गलत भयो । आफ्ना असन्तुष्टि र कुराहरु शान्तिपूर्वक राख्न पाउने सबैलाई अधिकार छ ।’, उनले भनिन्, ‘सरकारप्रति असन्तुष्टि राख्न पनि पाइन्छ । त्यसको पनि आफ्नो तरिका हुन्छ । जुन ढंगले यो घटना घटाइयो । केहीको मृत्यु भएको छ । यसप्रति दु:ख व्यक्त गर्न चाहन्छु ।’

सञ्चारमन्त्री शर्माले बालकुमारी घटनाको यथार्थ विवरण आउन बाँकी रहेको बताइन् ।