७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट रंगशाला निर्माणका लागि सिताराम कट्टेल ‘धुर्मुस’ सहितको टोली मेची–महाकाली यात्रामा



अ+ अ-

काठमाडौ ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सिताराम कट्टेल  ‘धुर्मुस’को टोलीले सोमबार बिहानबाट मेची महाकाली अभियान सुरु गरेको छ । अभियान टोलीलाई भरतपुर स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबाट बिदाई गरिएको छ ।

टोली आज कंचनपुर पुग्ने र मंगलबारबाट कंचनपुरदेखी अभियान सुरु हुने कट्टेलले जानकारी दिनुभयो । बिदाई समारोहमा रंगशाला निर्माण स्थलबाट र्मिाणमा सग्लन श्रमिकहरुले आफ्नो आम्दानीको केही हिस्सा रङशाला निर्माण अभियानका लागि  प्रदान गरेका थिए ।

श्रम गरेर कमाएको रकम पनि केही अंश रंगशाला निर्माणको लागि प्रदान गरेर  दिनुभएको हौसलाले निकै भावुक बनाएको उहाँले जानकारी दिनुभयो । कट्टेलका अनुसार निर्माणधीन रंगशालको पिचमा महाकाली नदि, लुम्बिनी र मेची नदिको माटो ल्याई मिसाईने जानकारी दिनुभयो । कट्टेलले  यात्रालाई सफलताको कामना गर्नुहुने सम्पुर्ण सुभेच्छुकहरुमा हार्दिक धन्यवाद साथै आभार व्यक्त गर्नुभएको छ ।