२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

एमालेका चार नेतालाई स्पष्टिकरण बुझाउन तीन दिनको म्याद

एमालेका चार नेतालाई  स्पष्टिकरण बुझाउन तीन दिनको म्याद
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेले चार जना नेतालाई स्पष्टिकरण सोधेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागेको समाचार स्रोतले जनाएको छ । एमालेको पार्टी कार्यालयबाट गएका कर्मचारीले ती स्पष्टीकरणपत्र सम्बन्धित नेताहरुका स्वकीय सचिवमार्फत बुझाएका हुन् ।

समाचार अनुसार वरिष्ठ नेता नेपालका स्वकीय सचिव नितेज पौडेलमार्फत नेता नेपाललाई र सुरेन्द्र पाण्डेका स्वकीय सचिव सन्जिव पाण्डेमार्फत् तीब्र पत्र बुझाइएको छ । उता ओलीका कट्टर आलोचक मानिएका अर्का नेता भीम रावलले भने स्पष्टीकरणपत्र बुझ्न अश्वीकार गरेको बताइएको छ। उनले सो पत्र बोकेर पुगेका कर्मचारीलाई गेटबाट भित्र छिर्न नदिएको समाचार स्रोतले बताएको छ । अर्का नेता घनश्याम भुसालको मोबाइल स्वीच अफ रहेको भन्दै पत्र बुझाउन नसकिएको एमालेको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटीको गत शनिबारको बैठकले पार्टीविरुद्ध गुटबन्दी गरेको, समानान्तर कमिटीहरु बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै यी चार जना नेतासँग त्यस विषयमा स्पष्टीकरण लिने निर्णय गरेको थियो । ती पत्रमा महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको र तीन दिनभित्र चित्त बुझ्दो जवाफ नआएमा कारवाही गरिने व्यहोरा समेत उल्लेख रहेको स्रोतले जनाएको छ ।