७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका चार नेतालाई स्पष्टिकरण बुझाउन तीन दिनको म्याद



अ+ अ-

काठमाडौं । नेकपा एमालेले चार जना नेतालाई स्पष्टिकरण सोधेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागेको समाचार स्रोतले जनाएको छ । एमालेको पार्टी कार्यालयबाट गएका कर्मचारीले ती स्पष्टीकरणपत्र सम्बन्धित नेताहरुका स्वकीय सचिवमार्फत बुझाएका हुन् ।

समाचार अनुसार वरिष्ठ नेता नेपालका स्वकीय सचिव नितेज पौडेलमार्फत नेता नेपाललाई र सुरेन्द्र पाण्डेका स्वकीय सचिव सन्जिव पाण्डेमार्फत् तीब्र पत्र बुझाइएको छ । उता ओलीका कट्टर आलोचक मानिएका अर्का नेता भीम रावलले भने स्पष्टीकरणपत्र बुझ्न अश्वीकार गरेको बताइएको छ। उनले सो पत्र बोकेर पुगेका कर्मचारीलाई गेटबाट भित्र छिर्न नदिएको समाचार स्रोतले बताएको छ । अर्का नेता घनश्याम भुसालको मोबाइल स्वीच अफ रहेको भन्दै पत्र बुझाउन नसकिएको एमालेको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटीको गत शनिबारको बैठकले पार्टीविरुद्ध गुटबन्दी गरेको, समानान्तर कमिटीहरु बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै यी चार जना नेतासँग त्यस विषयमा स्पष्टीकरण लिने निर्णय गरेको थियो । ती पत्रमा महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको र तीन दिनभित्र चित्त बुझ्दो जवाफ नआएमा कारवाही गरिने व्यहोरा समेत उल्लेख रहेको स्रोतले जनाएको छ ।