४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायातमन्त्रीको गाडीमा आगजनी, बालकुमारी क्षेत्र तनावग्रस्त



अ+ अ-

काठमाडौँ । बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको खुलेको छ ।

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । प्रदर्शनकारीले उनको गाडि रोकेपछि गाडिबाट मन्त्री ज्वालासहित दुई जना निजी सुरक्षा अधिकृत बाहिर निस्किएका थिए ।

आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ । कुनै मानवीय क्षति भने भएको छैन ।

आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ भने अहिले आन्दोलका कारण बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।