३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ’



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवद्र्धन गर्ने बताउनुभएको छ । 

फागु पूर्णिमा (होली पर्व) २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले लोक संस्कृतिको प्रवद्र्धनमा थप टेवा पुर्‍याउने बताउनुभएको हो । खुसीको पर्वका रुपमा होलीलाई हर्षोल्लासपूर्वक मनाउँदैआपसी सद्भाव, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिमा योगदान पुर्‍याउने उहाँको विश्वास छ । 

मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमा भन्नुभएको छ, “होली पर्वले समाजमा विद्यमान विभिन्न विकृति, विसङ्गति, कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य, सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र सम्वद्र्धनमा सबैलाई उत्पे्ररित गरिरहोस् भन्ने कामना गर्दछु ।” यो पर्व हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लामा आज र तराईका जिल्लामा भोलि (शुक्रबार) मनाइँदैछ ।