८ भाद्र २०८३, सोमबार
,
Latest
हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ जारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ जारी रहेको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको हो ।

बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

आइतबारको सुनवाइमा जाहेरीकर्ता गौशाला-२६ का तर्फबाट वकिलहरूले बहस सिध्याएका थिए । वादी पक्षबाट बुधवारसम्म १० जना वकिलहरूले बहस गरेका थिए । प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दाको सुनुवाइ आज नै टुङ्ग्याउने तयारी गरिएको छ ।