८ पुष २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एरलाइन्सद्वारा काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु



अ+ अ-

काठमाडौँ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालयएएरलाइन्सद्वाराआज देखि ऐतिहासिक काठमाडौँ–ल्हासा–काठमाडौँ उडान सेवा सुरु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर, ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द« हो । मनमोहक परिदृश्य र प्राचीन गुम्बाहरूका लागि परिचित ल्हासाले तिब्बती बौद्ध धर्म र तिब्बती संस्कृतिको केन्द्रको रूपमा गहिरो महत्व राख्दछ । यस सहरको समृद्ध इतिहास र परम्पराहरूको अद्वितीय मिश्रणले यसलाई तिब्बतको आध्यात्मिक सम्पदा र प्राकृतिक सौन्दर्यको झलक हेर्न खोज्ने यात्रुहरूका लागि मनमोहक गन्तव्यको रूपमा प्रस्तुत गरेको छ ।

नयाँ काठमाडौं–ल्हासा–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ ।

पहिलो आउटबाउन्ड उडान, H9 774 , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८:४० बजे प्रस्थान गरेको थियो र ल्हासा गोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार बिहानकोे १२:०० बजे अवतरण गर्ने छ । यस उडानको अवधि १ घण्टा २० मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या १३६ रहेको थियो । जनवरी १, २०२४ देखि एअरलाइन्स्ले हरेक सोमबार यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो पाँचौँ सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ, चोङकिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।

उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सुदान किराँती प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएको थियो । यसका साथै चिनियाँ दूतावासका उपप्रमुख  वाङ जिन र अन्य विशिष्ट व्यक्तिहरूलाई हिमालय एअरलाइन्स्का अध्यक्ष,  झोउ एनयोङले स्वागत गर्नु भएको थियो ।

सोअवसरमा आफ्नो मन्तब्य राख्दै मन्त्री किराँतीले भन्नुभयो, “हिमालय एअरलाइन्स्ले काठमाडौं– ल्हासा–काठमाडौं उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु । “यस नयाँ स्थापित मार्गले नेपाल र चीन बीचको यातायात नेटवर्कमा महत्त्वपूर्ण अग्रसर प्रस्तुत गर्दछ।

“ वाङ जिन, भन्नुभयो, “यो प्रथम उडान नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धहरूलाई ठूलो शक्ति दिने अवसरमा छ, जो सांस्कृतिक र संयोजन संबन्धहरूलाई थप नजिक गर्दै जाने छ ।” “नयाँ सुरु गरिएको रुटले नेपाल र चीनलाई जोड्ने यातायात सञ्जालमा महत्वपूर्ण प्रगतिको रूपमा प्रतिनिधित्व गरेको छ । सारमा, यस रुटले अरनिको राजमार्गले जोडेको विद्यमान नेपाल–चीन कनेक्टिभिटीलाई अझ व्यापक रूपमा बिस्तार गर्दछ । यातायात पूर्वाधारमा भएको यो बिस्तारले पहुँचलाई बढावा दिने मात्र होइन, यसले नेपाल र चीनबीचको व्यापार, पर्यटन र समग्र द्विपक्षीय सम्बन्धका लागि फराकिलो र थप विविध नेटवर्कमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ”

हिमालय एअरलाइन्स्का प्रवक्ता समेत रहनुभएका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले नयाँ रुटप्रति उत्साह व्यक्त गर्दै भन्नुभयो, “ हिमालयको मुख्य उद्देश्य चीनका १० वटा विभिन्न पर्यटकीय गन्तव्यमा उडान सञ्चालन गरी १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्नु हो । हिमालयले नेपालबाट चीनका लागि नयाँ–नयाँ रुटहरू पहिल्याउँदै उडान सेवा प्रदान गर्दै आएको छ । यस अर्थमा नयाँ बजार बिस्तार तथा स्थापित गर्न हाम्रो योगदान उल्लेखनीय रहेको छ ।

यस नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्चतम सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको छ । हाम्रो यस उडानमा यात्रुहरूलाई स्वागत गर्न सदैव तत्पर छौँ र यो उडान हाम्रा समस्त यात्रुहरूलाई नेपाल र चीन दुवै देशका विविध सौन्दर्य तथा अवसरको अन्वेषणमा सहायकसिद्घ हुने अपेक्षा राख्दछौँ । ”