१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

अध्यक्ष तिमिल्सिना र नवनियुक्त पाकिस्तानका राजदूतबीच भेट

अध्यक्ष तिमिल्सिना र नवनियुक्त पाकिस्तानका राजदूतबीच भेट
अ अ+ अ-

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाह ले शिष्टचार भेटघाट गर्नुभएको छ। नेपालका लागि नवनियुक्त राजदूत हैदर शाहले सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गर्नुभएको हो।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालका लागि राजदूतमा नियुक्त हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापन भएदेखि नै सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले दक्षिण एसियाली छिमेकी मुलुक भएकाले दुई देशबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा नजिकबाट सहकार्य हुँदै आएको बताउनुभयो।
दुई देशबीच उच्चस्तरीय भ्रमण आदन(प्रदान हुँदै आएको छ) उहाँले भन्नुभयो, यस अवसरमा सन् २०१८ मार्चमा पाकिस्तानका प्रधानमन्त्री महामहिम शाहिद खकान अब्बासीको नेपालको औपचारिक भ्रमण स्मरण गर्न चाहन्छु।
अध्यक्ष तिमिल्सिनाले दुई देशबीच व्यापार, लगानी, पर्यटन, संस्कृति, जनताबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै दुई मुलकको आपासी लाभका धेरै काम गर्न सकिने धारणा राख्नुभयो।
ुकोरोना भाइरसको महामारीका कारण संसारमा नयाँ चुनौती थपिएको छ, उहाँले भन्नुभयो, ुयसले दुई देशमा पनि असर गरेकाले पारस्परिक साथ र सहयोगले घातक भाइरसविरुद्ध लड्न मद्दत पुग्ने विश्वास लिएको छु।
त्यसैगरी नेपाली पर्वतारोहीहरुको टोलीले पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल केटूुको पहिलोपल्ट सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले यसले दुई देशको पर्यटन प्रबर्द्धनमा सहयोग पुगेको बताउनुभयो।
पाकिस्तानको सिनेटको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनर्नियुक्त भएकोमा मुहम्मद सादिक सन्ज्रानीलाई बधाई व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले राजदूत शाहमार्फत सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।


सो अवसरमा तिमिल्सिनाले दुई देशको सरकार र संसदबीचको सम्बन्धलाई अझ मजबुद र फलदायी बनाउन नवनियक्त राजदूतको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा राजदूत हैदर शाहले नेपाल र पाकिस्तानबीच गहिरो मित्रवत सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई अझ मजबुद बनाउन आफूले काम गर्ने बताउनुभयो।
उहाँले पाकिस्तानमा पढेर आएका चिकित्सकहरुले नेपालमा सेवा गरेको देख्न पाएकोमा खुसी व्यक्त गर्दै छात्रवृत्ति र तालिमहरु बढाउने तयारीमा रहेको जानकारी दिनुभयो। राजदूत शाहले दुई देशको संसदीय सहकार्यलाई बढाउनका लागि छिट्टै भ्रमण तथा अनुभव आदन(प्रदान हुने विश्वास व्यक्त गर्नुभयो।