५ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतमा भएको फैसला सुनुवाइमा प्रतिवादी सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ भईरहेको छ ।

आइतबारको सुनवाइमा जाहेरीकर्ता गौशाला-२६ का तर्फबाट वकिलहरूले बहस सिध्याएका थिए । वादी पक्षबाट १० जना वकिलहरूले बहस गरेका थिए । बुधवार प्रतिवादी सन्दीपका तर्फबाट मुरारी सापकोटाले बहस गरेका थिए ।