• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतमा भएको फैसला सुनुवाइमा प्रतिवादी सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ भईरहेको छ ।

आइतबारको सुनवाइमा जाहेरीकर्ता गौशाला-२६ का तर्फबाट वकिलहरूले बहस सिध्याएका थिए । वादी पक्षबाट १० जना वकिलहरूले बहस गरेका थिए । बुधवार प्रतिवादी सन्दीपका तर्फबाट मुरारी सापकोटाले बहस गरेका थिए ।