३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्य तथ्य समाचार प्रकाशन तथा सम्प्रेषण गर्न प्रेस काउन्सिलको आग्रह (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । नेपाल प्रेस काउन्सिलले समाचार सामग्री तयार एवं सम्प्रेषण गर्नुपूर्व सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गरी वितरण र सम्प्रेषण गर्न गराउन समाचार संस्था, सञ्चार माध्यम तथा सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।

पछिल्लो समय कोभिड–१९ महामारीका विषयमा तथ्यगत पुष्ट्याइँबेगर विश्व स्वास्थ्य संगठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएको पाइएको उल्लेख गर्दै काउन्सिलले तथ्यगत पुष्ट्याइँबेगर समाग्री तयार भई एक समाचार संस्थाबाट समेत सञ्चार माध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) मा सञ्चा। माध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन प्रसारण वा बाह्य लिंकहरु प्रकाशित गर्नुअघि सोको विश्वसनीयता र आफूले प्रकाशन गरेसरह तथ्यको जाँच गरी सम्प्रेषण गर्नुपर्ने उल्लेख गरेको छ ।