११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्य तथ्य समाचार प्रकाशन तथा सम्प्रेषण गर्न प्रेस काउन्सिलको आग्रह (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । नेपाल प्रेस काउन्सिलले समाचार सामग्री तयार एवं सम्प्रेषण गर्नुपूर्व सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गरी वितरण र सम्प्रेषण गर्न गराउन समाचार संस्था, सञ्चार माध्यम तथा सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।

पछिल्लो समय कोभिड–१९ महामारीका विषयमा तथ्यगत पुष्ट्याइँबेगर विश्व स्वास्थ्य संगठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएको पाइएको उल्लेख गर्दै काउन्सिलले तथ्यगत पुष्ट्याइँबेगर समाग्री तयार भई एक समाचार संस्थाबाट समेत सञ्चार माध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) मा सञ्चा। माध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन प्रसारण वा बाह्य लिंकहरु प्रकाशित गर्नुअघि सोको विश्वसनीयता र आफूले प्रकाशन गरेसरह तथ्यको जाँच गरी सम्प्रेषण गर्नुपर्ने उल्लेख गरेको छ ।