५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौंडास्थित मानव सेवा आश्रममा रहेका दुईजनाको मृत्यु



अ+ अ-

मकवानपुर । हेटौंडाको मानव सेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको छ ।

हेटौंडा-९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानव र २५ वर्षीय अमित विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पूजालाई विंस २०७६ मा बागलुङको सडक पेटीबाट उद्धार गरी ल्याईएको थियो भने अमितलाई गत असार २७ गते मकवानपुरको बकैया-३ हात्तिसुँडेस्थित बाटोबाट ल्याईएको थियो । उद्धार गरी ल्याउँदा नै उनीहरूको स्वास्थ्य अवस्था कमजोर रहेको प्रहरीको भनाइ छ ।

पूजाको गत मंगलबार र अमितको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।