• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

हेटौंडास्थित मानव सेवा आश्रममा रहेका दुईजनाको मृत्यु



मकवानपुर । हेटौंडाको मानव सेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको छ ।

हेटौंडा-९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानव र २५ वर्षीय अमित विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पूजालाई विंस २०७६ मा बागलुङको सडक पेटीबाट उद्धार गरी ल्याईएको थियो भने अमितलाई गत असार २७ गते मकवानपुरको बकैया-३ हात्तिसुँडेस्थित बाटोबाट ल्याईएको थियो । उद्धार गरी ल्याउँदा नै उनीहरूको स्वास्थ्य अवस्था कमजोर रहेको प्रहरीको भनाइ छ ।

पूजाको गत मंगलबार र अमितको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।