२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौशालाबाट हराएकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार



अ+ अ-

काठमाडौं । गौशालास्थित पशुपतिनाथ मन्दिरबाट हराएकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार गरिएको छ ।

पशुपतिनाथको १ नम्बर गेट नजिकैबाट हराएकी आकिशा सुनुवारलाई प्रहरीले उद्धार गरेको हो ।

उनकी आमाले चिया पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी गरेकी थिईन् । त्यसपछि जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले बालिकाको खोजी थालेको थियो ।

सोहिक्रममा बालिकालाई बिहीबार भक्तपुरबाट उद्धार गरिएको र एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चिया पसलमा नियमित आइराख्ने व्यक्तिले बालिकालाई लिएर पठाओमा गएका थिए ।

सीसी टीभी क्यामरालगायतको सहयोगमा बालिकालाई भक्तपुरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान जारी छ ।