२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौशालाबाट हराएकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार



अ+ अ-

काठमाडौं । गौशालास्थित पशुपतिनाथ मन्दिरबाट हराएकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार गरिएको छ ।

पशुपतिनाथको १ नम्बर गेट नजिकैबाट हराएकी आकिशा सुनुवारलाई प्रहरीले उद्धार गरेको हो ।

उनकी आमाले चिया पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी गरेकी थिईन् । त्यसपछि जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले बालिकाको खोजी थालेको थियो ।

सोहिक्रममा बालिकालाई बिहीबार भक्तपुरबाट उद्धार गरिएको र एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चिया पसलमा नियमित आइराख्ने व्यक्तिले बालिकालाई लिएर पठाओमा गएका थिए ।

सीसी टीभी क्यामरालगायतको सहयोगमा बालिकालाई भक्तपुरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान जारी छ ।