२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी कंगोमा भारी वर्षाका कारण ४० जनाको मृत्यु



अ+ अ-

एजेन्सी । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा भारी वर्षाले बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रान्तीय गभर्नरको कार्यालयकाअनुसार बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जनाको निधन भएको हो ।

प्रान्तीय अधिकारीहरुले पीडितहरुको खोजीका लागि प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएको जानकारी दिएका छन् । गत हप्ता दक्षिण किभुको म्वेन्गा क्षेत्रको कालिङ्गी गाउँमा भीषण वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको थियो । मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षाको कारण बाढी प्रभावित क्षेत्रहरूमा कम्तिमा ४३८ शव फेला परेका थिए ।

स्थानीय अधिकारीहरूले ५ भन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान गरेका छन् । सेप्टेम्बरदेखि मेसम्म चल्ने वर्षाको मौसममा कंगोमा बाढी र पहिरोहरूका घटनाहरु अत्याधिक हुने गर्दछन् ।