५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालबाट ह्लासा सिधा हवाई उडान सुरु



अ+ अ-

काठमाडौँ । नेपालबाट ह्लासा सिधा हवाई उडान सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहीबार हिमालयन एयरलाइन्सको काठमाडौँ–ह्लासा सीधा हवाई उडानको उदघाटन गर्नुभयो ।

सो अवसरमा उहाँले नेपाल-चीन सम्बन्धमा काठमाडौँ–ह्लासा सिधा हवाई उडान दोस्रो सेतुक रुपमा स्थापित भएको बताउनुभयो ।

सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुलेको र व्यापारको आकार पनि बढेको भन्दै उहाँले अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिने बताउनुभयो । “अब दोस्रो प्रमुख सेतुका रुपमा नेपालबाट तिब्बतमा हुने सोझो हवाई उडान हुनेछ”, मन्त्री किरातीले भन्नुभयो ।

मन्त्री किरातीले नयाँ उडानले चिनियाँ पर्यटक नेपाल भित्राउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । तिब्बतको ह्लासामा प्रतिवर्ष करिब एक करोड पर्यटक घुम्न आउने र तीमध्ये ठूलो संख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने उहाँले जानकारी दिनुभयो । मन्त्री किरातीले त्यसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्राउन सकिए अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।