२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा

गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा
अ अ+ अ-

भोजपुर । पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब रु तीन करोड लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको यो आयोजनाको काम आर्थिक वर्ष २०७७/७८ बाट निर्माण थालिएको हो । योजना निर्माणको कामलाई यस वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताउनुभयो । पर्यटकीय क्षेत्र गुफा पोखरी, सुके पोखरी र जोर पोखरीका स्थानीयलाई लक्षित गरेर आयोजना निर्माण भइरहेको कार्यालय प्रमुख सिंहको भनाइ छ । यो क्षेत्रमा पानीको अति नै समस्या रहेकाले कार्यालयले यसलाई प्राथमिकतामा राखेर काम अघि बढाएको उहाँको भनाइ छ ।

“यो योजनाको कामलाई प्राथमिकतामा राखेर अघि बढाएका छौँ”, प्रमुख सिंहले भन्नुभयो, “पर्यटकीय क्षेत्र रहेकाले यहाँ पानीको अति नै समस्या रहेको छ । विगतमा सोचेअनुसारको प्रगति नदेखिए पनि अब भने योजना अन्तिम चरणमा पुगेको छ । कामलाई यही वर्षमा सम्पन्न गराएर स्थानीयलाई पानी वितरण गर्ने लक्ष्य छ । हाल ८० प्रतिशत काम सम्पन्न भएको छ ।”

आयोजनाको मुहानबाट सात सय मिटर मुख्य पाइपलाई विस्तार, विद्युत् जडान र मुख्य ट्याङ्की निर्माणलगायतको काम सकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश आर्चायले बताउनुभयो । तत्काललाई यहाँका पर्यटकीय क्षेत्रका करिब ६५ घरपरिवारले पानी उपभोग गर्न पाउने भए पनि यो आयोजनाबाट एक सय ५० बढी परिवारलाई पानी खुवाउने लक्ष्य रहेको अध्यक्ष आचार्यको भनाइ छ ।

“गुफा पोखरी पर्यटकीय क्षेत्र हो”, अध्यक्ष आचार्यले भन्नुभयो, “यहाँ सिजनमा हजारौँ पर्यटकको आवागमन हुन्छ । पानीको समस्याको कारण यहाँ बस्ती विस्तार हुन सकेको थिएन । यो आयोजनाले यहाँको पर्यटनको विकासमा समेत टेवा पुग्नेछ । योजनालाई अवको एक महिनाभित्र सुचारु गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”

धेरै उचाइमा रहेको तथा भौगोलिकरुपमा धेरै कठिनाई रहेको अवस्थामा योजना सञ्चालनका लागि कार्यालयले खेलेको भूमिका प्रशंसायोग्य रहेको अध्यक्ष आचार्यको भनाइ छ । विविध कारणले विगतमा निर्माणमा ढिलाइ भइरहेको अवस्थामा यो वर्ष भने कामले धेरै तीव्रता पाएको उहाँको भनाइ छ । चैनपुर नगरपालिका–१ मा रहेको यो आयोजनास्थल भौगोलिकरुपमा निकै दुर्गम मानिन्छ । विगतमा ओझेलमा परेको योजनाको कामले नयाँ कार्यालय प्रमुख आएपछि तीव्रता पाएको निर्माण उपभोक्ता समितिका सचिव सन्तोष लिम्बूले बताउनुभयो । पानीको हाहाकार रहेको अवस्थामा आयोजनाको कामले तीव्रता पाएपछि स्थानीयमा उत्साह थपिएको उहाँको भनाइ छ ।

“यो योजना हाम्रो लागि अति नै महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “तर पनि विगतका वर्षहरु काम भने सोचेअनुसार अघि बढ्न सकेको थिएन । सबै पक्षको सक्रियता बढेसँगै अब भने पानी खाने अवस्था बनेको छ । यो योजनाले प्राथमिकता पाउनु यहाँका जनताको लागि सुखद् पक्ष हो । आयोजना निर्माणपछि घण्टौँ लगाएर डोको तथा ट्र्याक्टरमा पानी बाकेर खानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।”

बस्तीभन्दा तल रहेको भदौरे मूललाई लिफ्ट गरेर करिब सात सय मिटरमाथि मेन्छ्याम फेदीमा पु¥याएर पानी वितरणको तयारी गरिएको हो । गुफा पोखरी पर्यटकीय क्षेत्र रहेकाले पानी विस्तारले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने स्थानीयको भनाइ छ । रासस