१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपविरुद्धको मुद्दा बुधबार पनि ‘हेर्दाहेर्दै’मा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोपसम्बन्धी मुद्दा बुधबार पनि ‘हेर्दाहेर्दै’मा परेको छ । जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा बुधबार पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको मुद्दाको अब बाँकी बहस उनैको इजलासमा बिहीबार निरन्तर हुनेछ । सोमबार र मंगलबार सार्वजनिक बिदा परेकाले आइतबारपछि बुधवार बहस भएको थियो । यो मुद्दा आइबार पनि हेर्दाहेर्दैमा राखिएको थियो ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक–पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेविरुद्ध एक किशोरी (नाबालिग)ले बलात्कारको मुद्दा हालेकी थिइन् ।